काठमाडौं। २०७४ सालको स्थानीय निर्वाचनमा विवेकशील नेपाली दलबाट काठमाडौंको मेयरमा उठेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनाव लड्ने भएकी छन्।
२०७४ को स्थानीय निर्वाचनमा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन्।
यसअघि हालै सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उनको चर्चा चले पनि उम्मेदवारी दिएकी थिइनन्। उनले काठमाडौं ५ बाट संसदीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेको बताइन्।
उनले कुनै दलबाट नभएर स्वतन्त्र उम्मेदवारी दिने बताएकी छन्। स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकी सिर्जना सिंहलाई समर्थन गरेकी उनी पछिल्लो समय राजनीतिमा सक्रिय थिइनन्।
काठमाडौं क्षेत्र नम्बर पाँच नेकपा एमालेका सांसद ईश्वर पोखरेलको क्षेत्र हो। यसअघि विवेकशीलका संस्थापक नेता उज्जवल थापाले उक्त क्षेत्रबाट उम्मेदवारी दिएका थिए।











आफ्नो प्रतिक्रिया दिनुहोस् !