TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

माछा बेचेरै गोरखा दक्षिणबाहु, कारमा हुइँकिन्छन् साइकल चढ्नेहरू

माछा बेचेरै गोरखा दक्षिणबाहु, कारमा हुइँकिन्छन् साइकल चढ्नेहरू

एक सिजनमा १० लाख कमाइ
कुनै बेला ८ सय रुपैयाँ ऋण लिनुपर्ने सुदिससँग अहिले सुदिस माछा पालन केन्द्र नामक कृषि कम्पनी छ। निजी र भाडामा लिएका एक सय पोखरी छन्। उनको कृषि कम्पनीमा ४० जनाभन्दा बढी मजदुर नियमित काम गर्छन् भने अरुले पनि अप्रत्यक्ष रोजगारी पाएका छन्।

जनकपुरधाम। राम्रो आम्दानी हुन थालेपछि धनुषासहित मधेश प्रदेशका अन्य जिल्लाहरूमा माछापालन व्यवसाय फष्टाउन थालेको छ। यो व्यवसायमा लागिपर्ने किसानहरू पनि थपिन थालेका छन्। बजारका लागि पनि उत्पादित माछा पोखरीकै डिलसम्म व्यापारीहरू पुग्न थालेपछि किसानहरू झनै उत्साहित भएका हुन्।

माछापालनका लागि आवश्यक पूर्वाधारसँगै पानीको श्रोत, सुहाउँदो माटो, न्यानो हावापानी हुँदा वर्षमा ३ पटकसम्म बिक्री गर्न सजिलो हुने गर्छ। जसका कारण अन्य कृषि व्यवसायभन्दा माछा आम्दानीको मुख्य श्रोत बन्दै गएको धनुषा क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरका किसान रामकेवल मुखिया बताउँछन्।

अहिले मागअनुसार माछा आपूर्ति गर्न किसानहरूलाई धौधौ परेको छ। उत्पादनका लागि आवश्यक दानाको भाउ बढ्दै गएको छ। भारतबाट महँगो मूल्य तिरी दाना खरीद गर्नुपर्दा माछाको मूल्य भने बाध्यतावशः बढाउनुपर्ने अवस्था आएको क्षीरेश्वरनाथ २ का माछा किसान देबु यादव बताउँछन्।

धनुषामा सिलवर, बिग्रेड, कमन, रोहु, नैनी, गरास, भाकुरा जातका माछाहरू उत्पादन हुने यादवले जानकारी दिए। सरकारले धनुषा जिल्लालाई माछा पकेट क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘सुपरजोन कार्यक्रम’ समेत लागू गरेको छ। कार्यक्रम लागू भएपछि यस क्षेत्रका किसानहरू झनै उत्साहित भएका छन्।

क्षीरेश्वरनाथ-५ कै माछा किसान रामसोभित मुखियाले काठमाडौं ,वीरगञ्ज, पोखरा, चितवनलगायत शहरमा माछा निर्यात गर्दै आएका छन्। साइकलमा हन्डी (आलमुनियमको भाडो) मा राखेर माछा बिक्री गर्ने रामसोभित अहिले टाटा सफारी चढ्छन्।

२५ वर्षअघि उनी साइकलमा हन्डी राखेर गाउँगाउँ पुग्दै माछा बेच्थे । अहिले पिकअप भ्यानमा माछा बेचिरहेका छन्। उनी आफू भने टाटा सफारी गाडी चढ्छन् । पहिलोपटक २५ रुपैयाँमा माछाको भुरा किनेर ठेक्का लिएको पोखरीबाट ४ हजार १ सय रुपैयाँ कमाएपछि मुखिया मजदुरबाट मालिक बनेका हुन्।

अहिले मुखियाका १ सय ६० वटाभन्दा बढी माछा पोखरी छन्। क्षिरेश्वरनाथको महेन्द्रनगर, दूधमती, सखुवा, मंगलपुर, सपही, पकरीयासहित धनुषा र महोत्तरीका विभिन्न स्थानमा माछापालन गरिरहेका छन् । उनले जग्गा चक्लाबन्दी गरी महेन्द्रनगरको एउटै प्लटमा ८० वटाभन्दा बढी पोखरीमा माछा पाल्दै आएका छन् ।

२०५४ सालमा स्थापना गरेको उनको काजल मत्स्य प्रजनन फार्ममा अहिले माछाका भुरा खरीद गर्न धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहासम्मका किसान आउँछन् ।

८ बिघामा १० वटा नर्सरी पोखरी मात्रै छन्। माउ माछाका लागि ४ बिघामा ४ वटा पोखरी बनाएका छन् । आफ्नै जग्गामा थप ३५ वटा पोखरीमा माछा पालिरहेका उनले बिघाको प्रतिवर्ष ७५ हजार रुपैयाँ तिर्ने गरी १० वर्षका लागि ठेक्कामा लिएको जग्गामा ८० भन्दा बढी पोखरी छन् । बाँकी पोखरी उनले ठेक्कामा लिएका हुन् ।

कुनै बेला मजदुरी गर्ने र अर्काको पोखरीमा माछा मार्ने रामशोभित माछाबाटै मालामाल भएका किसानका रूपमा यस क्षेत्रमा परिचित छन् । माछा हेरचाह र कारोबार सम्हाल्न २० जनालाई रोजगारी दिएका छन् । फुर्सदिलो समयमा आफैं पनि पोखरीमा खटिन्छन् । “मजदुरको भरमा मात्रै माछा सम्हाल्न सकिँदैन,” मुखिया भन्छन् , “मजदुरहरू पोखरीसँगै रहेको घरमा सुत्छन् । तर पोखरीबाट माछा चोरी भइरहन्छ । कहिलेकाहीँ पोखरीमा विषादी राख्दा ठूलो क्षति भोग्नुपरेको छ । पोखरी र माछा सम्हाल्न राति आफैं खट्छु । सबै पोखरीमा पुग्न नसके पनि समय मिलाएर पुग्ने गरेको छु ।”

उनको फार्ममा कर्मचारी तथा मजदुर बाह्रै महीना काम गर्छन् । हस्ताक्षर मात्र गर्न सक्ने मुखियाले भने, “लेखपढ गर्न नजान्दा पनि करोडौंको कारोबार गरेको छु । आमाबुबाले स्कुल पठाएको भए आज अर्बमा खेल्थें होला ।” मुखियाको फार्ममा उत्पादन हुने माछाका भुरा काठमाडौं, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरीलगायत क्षेत्रमा समेत पुग्ने गरेको छ ।

मुखियाको माछा खेतीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमले आर्थिक र प्राविधिक सहयोग गरेको छ ।

पोखरीको माछा चोरी हुनबाट बचाउन र विषादी राख्दा माछा मर्ने समस्या समाधान गर्न फेन्सिङ (तारजालीको घेराबार) लगाइएको परियोजना कार्यक्रम कार्यान्वयन इकाइ धनुषाका प्रमुख युगलकिशोर तिवारीले बताए । उनका अनुसार ५० प्रतिशत अनुदानमा ४० बिघा क्षेत्रफलमा रहेका पोखरीमा फेन्सिङ गरिएको छ । माछा सुपर जोन कार्यक्रमबाट मुखियालाई पोखरी खन्न समेत आर्थिक अनुदान उपलब्ध गराइएको तिवारीले बताए ।

फलिफाप माछा सुपरजोन कार्यक्रम
आर्थिक वर्ष २०७७/७८ मा धनुषाका १२ स्थानीय तहमा माछा सुपर जोन कार्यक्रमअन्तर्गत ७० हेक्टरमा नयाँ पोखरी विस्तार गरिएको छ । ५२ जना किसान र २० वटा निजी फार्मलाई २ सय ६० वटा पोखरी विस्तार गर्न प्रतिहेक्टर ३ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको तिवारीले जानकारी दिए ।

धनुषामा राम सोभितजस्ता माछाका सफल व्यवसायीक किसानहरू अरु पनि छन्। सहज र सरल हुने भएकाले पनि धनुषाका किसानमा माछा उत्पादनको जाँगर बढेको हो।

माछा खेती गर्न चाहने कृषकलाई मत्स्य विकास तथा तालिम केन्द्रले सीपसँगै माछाका भुरा उपलब्ध गराउँछ। केन्द्रले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुलीका किसानलाई ८ प्रजातिका माछाका भुरा उपलब्ध गराउँदै आएको छ। कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, बिग हेड कार्प, भाकुर, रउ, नइनी र तिलापिया प्रजातिका भुरा केन्द्रले किसानलाई उपलब्ध गराउँछ।

धनुषामा ९ सय ८३ हेक्टरमा २ हजार १ सय १ जना किसानले गत आर्थिक वर्षमा ४ हजार १ सय २६ मेट्रिक टन माछा उत्पादन गरेको कृषि ज्ञानकेन्द्र धनुषाले जनाएको छ। केन्द्रको तथ्यांकअनुसार धनुषामा पछिल्लो ३ वर्षमा बर्सेनि १ हजार मेट्रिक टन माछा उत्पादन भइरहेको छ।

कृषि तथा पशुपन्छी मन्त्रालयले धनुषा जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेको छ। करिब २ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा माछापालन भइरहेको धनुषामा यस वर्ष थप एक हजार हेक्टर क्षेत्रफलमा माछापालन शुरु भएको कृषि मन्त्रालयले जनाएको छ।

एकै ठाउँमा कम्तीमा १० हेक्टर जग्गामा एकै प्रकारको कृषि उत्पादन शुरु गरेर पकेट क्षेत्र, एक सय हेक्टरमा ब्लक, पाँच सय हेक्टरमा जोन तथा एक हजार हेक्टरभन्दा बढी क्षेत्रफललाई सुपरजोन घोषणा गरिन्छ। सुपरजोन घोषणा भएसँगै धनुषामा माछापालनको विशिष्टिकृत प्रणाली अवलम्बन गर्ने, उन्नत प्रविधिको प्रयोगमा बढोत्तरी ल्याउने, अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने तथा कृषि औद्योगिकीकरणलाई प्रवर्द्धन गरिने मन्त्रालयले जनाएको छ।

‘फिस किङ’ बौएलाल
माछा माछापालनबाटै वार्षिक ५० लाख आम्दानी गर्ने बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ले चिनिन थालेका छन्। कुनै बेला चरम गरिबीमा बाँचिरहेका मुखिया माछापालनबाट नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गर्नेमा पर्छन्।

धनुषाको शहीदनगर नगरपालिका–४ नन्नुपट्टी गाउँका ७० वर्षीय मुखियाकै नाउँले उनको गाउँ चिनिन्छ। नन्नुपट्टीमा करिब १३ बिगाहा जग्गामा फैलिएको ‘मुखिया मत्स्य प्रजनन फार्म’ ले गाउँका बासिन्दाको पहिचान फेरेको छ।

२०२९ सालबाट माछा उत्पादन शुरु गरेका मुखियाले व्यापारमा निकै ठूलो फड्को मारेका छन्। मुखियाले निजीस्तरमा करिब ४० वटा माछा उत्पादनका माउ पोखरी र नर्सरी पोखरी निर्माण गरेका छन्। जसबाट उनले वार्षिक सात करोड मूल्य बराबरका माछाका भुरा र करीब ३ सय क्विन्टल माउ माछा उत्पादन गरी बिक्री गर्ने गरेका छन्।

शान्त र सरल स्वभावका मुखियाको फार्मसँगै रहेको घरको आँगनमा प्रतिदिन माछा व्यापारी, माछा उत्पादन गर्न चाहने कृषक र जानकारको ठूलो जमघट हुने गर्छ। आफूसँग उत्पादनका सीप सिकेर प्रयोगमा ल्याउन खोज्नेलाई सहजरूपमा मुखिया आफ्ना अनुभव र ज्ञान बाँड्ने गर्छन्।

मुखियाको व्यापारमा उनका छोरा कन्हैया र रमेशले पनि सहयोग गर्छन्। बुबाको व्यापारलाई अझ बढी फैलाउने उद्देश्यले आफूहरू अन्य पेशामा नगई यसमै लागिपरेको कान्छा छोरा रमेश बताउँछन्। यस फार्ममा उत्पादन हुने माछाका भुरा काठमाडौँ, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरी लगायत नेपालका अधिकांश माछापालन रहेको स्थानमा पुग्ने रमेशले बताए।

अहिले माछा व्यापारबाटै वार्षिक २५ देखि ३० लाखसम्म आम्दानी गर्न सफल मुखिया परिवारलाई यो अवस्थासम्म आइपुग्दा परिश्रम, चरम गरिबी र असिम दुःख भोगेको अनुभव पनि छ। विगत सम्झँदै उनी भन्छन्, “तराईमा दलित जातिमै पर्ने जाको समुदाय वर्षौंदेखि गरिबीको चपेटामा छ।”

मुखिया पनि अति विपन्न परिवारमा जन्मिएका हुन्। आफू जन्मिएको दश दिनमै आमा बितिन्। मुखिया भन्छन्, ‘त्यतिबेला ठुल्दाइ किसुनसँगै एकधुर जग्गामा बनेको झुपडीमा बस्थ्यौँ। १० वर्षको हुँदा बुबा निकै बिरामी पर्नुभयो, औषधोपचार गराउने अवस्था थिएन। घरमा खानाकै धौधौ थियो। औषधि त ठूलो समस्या भइहाल्यो।” उपचार अभावमा बुबा बितेको सम्झँदा उनको आँखा रसायो।

उनले अति नै खराब अवस्थामा हुँदा आफ्ना नातेदारले समेत खासै सहयोग नगरेको अनुभव छ। “दाइले जसोतसो खोल्सामा दिनभर माछा मार्नुहुन्थ्यो र त्यो बेचेर जे–जति आउँथ्यो, त्यसैबाट गुजारा चलाउँथ्यौँ हामी”, मुखियाले पुराना दिन सम्झिँदै भने।

मुखियाका अनुसार करीब १३ वर्षको उमेरमा उनले आफ्नै गाउँका धनीमानी छिमेकी ज्ञानकुमार तिवारीको घरमा कामकाज गर्न थाले। त्यहीबेला अमेरिकाबाट एक जना विदेशी गाउँमा माटो र पानी परीक्षणका लागि आएका थिए। ती विदेशीले बढी जग्गा हुने व्यक्तिको माटो परीक्षण गरी कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनी सुझाव दिएका थिए।

उनले माछापालनबाट पनि राम्रो आम्दानी हुने बताएका थिए। विदेशीको कुरा मन परे पनि मुखियासँग भने न जग्गा थियो न पैसा नै। उनले काम गर्ने साहु तिवारीको तीन कट्ठा जग्गामा पोखरी थियो।

मुखियाले त्यही पोखरीमा माछा पाल्ने प्रस्ताव राखे। तिवारी आम्दानीको आधा दिने शर्तमा सहमत भए। “तिनै विदेशीले औषधि र पोखरी सफा गर्न चुना उपलब्ध गराए”, मुखियाले स्मरण गरे, “सरकारले कृषकलाई सित्तैमा दिने माछाका भुरा ल्याएर हालें।”

सानो पोखरी उत्पादन राम्रै भयो। त्यही माछा बेचेर जीविकोपार्जन सहज हुन थाल्यो। अधियाँमा शुरु गरेको माछापालनपछि मुखियाको जीवनामा नयाँ मोड आयो, जब तत्कालीन प्रधानपञ्चले आफ्नो घर नजिकको पोखरी ठेक्कामा दिने प्रस्ताव राखे। तिवारीजीको सल्लाहमा मुखियाले त्यो पोखरी ठेक्कामा लिए। लगानी गर्ने पैसा नभएकाले एघार सय पैंचो पनि उनै तिवारीले दिएका थिए। त्यो पैसाको भुरा किनेर पोखरीमा हाल्ने तरखर गरिराख्दा रातिपख ती भुरा मरे। झन ठूलो समस्या आइपर्‍यो, बाध्य भएर पाँच प्रतिशतका दरले ५ सय ऋण लिए र ४०० साथीको बुबासँग सापट लिए।

त्यही ९ सय बाट शुरु भएको माछा व्यवसाय नै आज उनेको परिचय भएको छ। “अर्को वर्ष जब पोखरीमा माछा मार्‍यौं, त्यसबाट ठूलो उपलब्धि भयो र जिन्दगी नै फेरियो”, मुखिया थप्छन्, ‘”त्यतिबेला प्रतिकिलो आठ रुपैयाँ बिक्री हुने माछाबाट ११ हजार आम्दानी गरें। त्यही पैसाबाट ११ कट्ठा खेत किनेर धानखेती गरें र थप तीन कट्ठा खेत किनेर त्यसमा माछापालन शुरु गरें,” उनले सविस्तार लगाए।

सफलतामा परिवारको साथ
आफ्नो मिहनेत र परिश्रममा सदैव साथ दिएकी श्रीमती बुधनीदेवी मुखिया र छोराको हौसलाले नै अहिलेसम्म ऊर्जा दिने गरेको मुखिया बताउँछन्। सानैमा बुबाआमा बितेकाले धेरै पढ्न नपाए पनि गाउँकै विद्यालयमा कक्षा आठसम्म अध्ययन गरेका मुखिया लामो अनुभवका कारण हाल माछासम्बन्धी बिमारी, रोग वा समस्याको निदान गर्नसमेत सक्छन्। “म चिकित्सक त होइन तर अनुभवका कारण माछाका समस्या सजिलै बुझेर समाधान गर्न सक्छु”, मुखियाको आत्मविश्वास छ।

सम्भावना देखेको ठाउँमा पसिना चुहाए। कुनै बेला एक कट्ठा घरघडेरीमा सीमित उनले १४ बिघा जग्गा खरीद गरे। उनीभन्दा पहिला त्यस क्षेत्रमा कसैले पनि व्यावसायिक माछाखेती गरेकै थिएन। अहिले उनकै सहयोगमा दर्जनौँ किसान व्यावसायिक माछा खेतीमा लागिपरेका छन्।

आफ्नो मिहिनेतलाई राज्यले पनि बेलाबखत सम्बोधन गरेको मुखिया बताउँछन्। २०४६ सालमा उनलाई सरकारले माछा उत्पादन तालिमका लागि एक महीना बंगलादेश पनि पठाएको थियो। त्यस्तै उनको परिश्रम र माछा उत्पादन क्षेत्रमा पुर्‍याएको योगदानलाई कदर गर्दै २०५६ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको हातबाट गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मान पाएका थिए। साथै उनले देश-विदेशमा सयौँ सम्मान र पुरस्कार प्राप्त गरिसकेका छन्। माछा उत्पादनमा देशभरमै उत्कृष्ट ठहरिएका उनी राष्ट्रपति कृषक पुरस्कार २०७५ बाटसमेत पुरस्कृत भएका छन्।

२०५६ मा भएको स्थानीय निकायको निर्वाचनमा बौएलाल गाविस अध्यक्षमा समेत निर्वाचित भएका थिए। उनी भन्छन्, “मैले जुन गरिबी र समस्यामा आफ्नो बाल्यकाल बिताएँ, त्यस्तो अवस्था अब आफ्नो परिवारमा कहिल्यै नआओस्, त्यसका लागि केही गरेको छु जस्तो लाग्छ।”

उमेरले पहिले जस्तो सक्रिय नभए पनि छोराहरूले कारोबार सम्हालेका छन्। जेठो छोरा कन्हैया अहिले धनुषा मत्स्य व्यवसायी संघका अध्यक्ष पनि छन्।

वैदेशिक रोजगारी क्यान्सिल गरेर माछा खेती गर्दा एक सिजनमा १० लाख कमाइ
क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका युवा मत्स्य व्यवसायी रामकेवल मुखिया पनि निकै सफल छन्। मनकामना माछापालन केन्द्र सञ्चालन गरेर उनले धनुषा र महोत्तरीमा एक सयभन्दा बढी पोखरीमा माछा पालन गर्ने गर्छन्।

उनका अनुसार माछापालनमा पनि हिजोआज आधुनिकीकरण बन्दै गएको छ। “पहिलापहिला भिनाजुले एक सिजनमा दाना नखुवाई १ लाख रुपैयाँ नाफा गर्ने गरेका थिए,” भन्छन्, “अहिले म १ लाखको दाना खुवाएर माछा र हाँस पालनबाटै एक सिजनमा ८ देखि १० लाख रुपैयाँ नाफा गर्न सफल छु।”

रामकेवलले माछापालनसँगै व्यावसायिक हाँसपालले आफ्नो जीवनमा धेरै परिवर्तन ल्याएको बताए।

रामकेवलले आफ्ना पुराना दिन सुनाउँदै भन्छन्, “त्यतिखेर हाम्रो गाउँमा एसएलसी दिनेबित्तिकै विदेश जाने लहर थियो, भिनाजुको मत्स्य फर्ममा नबसेको भए म पनि साथीभाइजस्तै वैदेशिक रोजगारमा हुन्थेँ,” भन्छन्, “त्यतिखेर विदेश गएका साथीहरूको भन्दा म आर्थिक रूपमा निकै माथि छु।”

रामसुदिसको आर्थिक छलाङ
१२ वर्ष अघिसम्म ठूलोदाजु रामविशेष शरणलाई माछाको ठेक्कामा सहयोग गर्ने महोत्तरी, सिस्वाकटैयाका रामसुदिस शरण पनि अहिले महोत्तरीको ठूलो माछा किसान बनेका छन्। कक्षा १० मा पढ्दै गर्दा दाजुलाई सघाउन माछासम्बन्धी काममा लागेका उनले हरेक वर्ष कम्तीमा १४ लाख रुपैयाँ नाफा कमाउने गरेको बताउँछन्।

‘दाजुले ऋण काढेर ८ सय रुपैयाँमा ठेक्का लिएको पोखरीमा ४ सय रुपैयाँको माछा हालेर १० हजार फाइदा कमाएँ,” त्यसबाट प्रभावित बनेका उनी भन्छन्, “माछा नै पैसा कमाउने उत्तम माध्यम हो भन्ने लाग्यो र म पनि त्यतैतिर लागेँ।”

बिहान ६ बजेदेखि रातिसम्म माछाको स्याहार र व्यापारमै उनी व्यस्त हुन्छन्। यसबाट सफल बनेका उनीसँग आधा दर्जनभन्दा बढी मोटरसाइकल र एउटा पिकअप भ्यान छ। २ वटा कार किनेका छन्।

अचेल रामसुदिसलाई जिल्लामा माछापालनसम्बन्धी तालिम दिन प्रशिक्षकको रूपमा समेत निम्त्याउने गरिएको छ।

कुनै बेला ८ सय रुपैयाँ ऋण लिनुपर्ने सुदिससँग अहिले सुदिस माछा पालन केन्द्र नामक कृषि कम्पनी छ। निजी र भाडामा लिएका एक सय पोखरी छन्। उनको कृषि कम्पनीमा ४० जनाभन्दा बढी मजदुर नियमित काम गर्छन् भने अरुले पनि अप्रत्यक्ष रोजगारी पाएका छन्।

“म आज जे छु माछाकै कारण छु,” उनी भन्छन्, “म सक्रिय हुन्जेलसम्म माछापालन नै गर्छु।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको रणनीतिक योजनाअनुसार २०८०/८१ सम्ममा नेपालमा १३५ हजार मेट्रिक टन माछा उत्पादन लक्ष्य रहेको छ। तर अहिले पनि माछा आयात गर्नुपरिरहेको छ।

पशु सेवाविज्ञ केन्द्र धनुषाले माछाको उत्पादनमा वृद्धि भए पनि नेपालको उत्पादनले अझ बजार धान्न नसकेको जानकारी दिए।

विश्वका विकसित मुलुकले वार्षिक प्रतिव्यक्ति २८ किलो माछा खाने गरे पनि नेपालमा वार्षिक ३ दशमलव शून्य १ किलोग्राम मात्र माछा उपलब्ध हुने गरेको केन्द्रले जनाएको छ। अल्पविकसित मुलुकमा भने प्रतिव्यक्ति वार्षिक ११ किलोग्राम माछा प्रयोग हुँदै आएको छ।

नेपाललाई सन् २०३१ सम्म माछाको प्रयोगका लागि अल्पविकसित मुलुकको दाँजोमा पुर्‍याउन माछापालनसम्बन्धी विभिन्न कार्यक्रम ल्याउन लागेको छ। प्रदेश तथा संघले विभिन्न स्थानीय तहलाई माछा जोनको रूपमा घोषणा गरी व्यवसायी माछापालनका लागि प्रोत्साहन गर्दै आएको छ।

नेपालका विभिन्न नदीनाला तथा तालतलैयामा हाल २३२ प्रजातिका माछा पाइन्छन्। तीमध्ये ११ प्रजातिका माछालाई व्यावसायिक रूपमा पालन गरिएको छ। कमनकार्प, विगहेडकार्प, सिल्भरकार्प, ग्रासकार्प, रहुकार्प, नैनीकार्प, भाकुरकार्प, टिलापिया, मांगुर, पंगास, जल कपुर, असला र ट्राउटलाई व्यावसायिक रूपमा पालन गरिएको केन्द्रले जनाएको छ।

माछाको उत्पादनलाई बढाउन देशभर केन्द्र सहित १३ वटा सरकारी फार्म संलग्न छन्। माछाको विकास र विस्तारका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत नौवटा अनुसन्धान केन्द्र स्थापना गरी माछाको अध्ययन तथा अनुसन्धान भइरहेको केन्द्रले जनाएको छ।

ShareTweetShare

सम्बन्धित खवर

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
अन्तर्राष्ट्रिय

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…
खेलकुद

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
banner news

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !
आर्थिक

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

5 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

6 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

6 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

6 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

6 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

6 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved