स्मार्ट लकडाउनसम्बन्धी यसअघिको कार्यविधि फेरि कडाइका साथ लागू हुने भएको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेकोे हो ।
बैठकपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले भनिन्, ‘गत कोरोना महामारीमा नै हामीले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि लागु गरेका थियौँ । त्यो कार्यविधिलाई प्रमुख जिल्ला अधिकारीले थप कडाइका साथ कार्यान्वयन गर्नका लागि निर्देशन दिन गृह मन्त्रालयलाई सिफारिस गरिएको छ ।’
अब विद्यालय एक महिना बन्द हुन सक्ने
काठमाडौ । पछिल्लो समय कोभिडको नयाँ भेरियन्टका संक्रमित भेटिएपछि सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले चासो देखाउँदै तत्काल सिसिएमसीको बैठकमा बोलाएर योजना बनाउन भनेका छन् । प्रधानमन्त्रीको निर्देशन पछि सिसिएमसीको बैठकले कोभिड रोकथामका लागि योजना बनाउन थालेको छ ।
संक्रमण फैलिन नदिनका लागि शैक्षिक संस्थाहरुमा हिउँदे बिदा १५ दिनदेखि एक महिनासम्म थप गर्ने तयारी भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा विद्यालय तथा कलेजहरुमा अहिले जाडो बिदा हुने क्रम सुरु भएको र भाइरसको संक्रमण पनि बढ्दो क्रममा देखिएकाले जाडो बिदालाई बढीमा एक महिनासम्म थप गर्ने गरी छलफल भइरहेको हो ।
सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले भनिन्, ‘अहिले केही निर्णय भएको छैन । तर छलफल भने जारी छ । संक्रमण बढ्दै तथ्यलाई मध्यनजर गरेर जाडो बिदा १५ दिनदेखि एक महिनासम्म थप गर्ने विषयमा कुराकानी भइरहेको छ ।’ तत्काल पठनपाठन भर्च्युअल गर्ने बारे कुरा नभएको पनि उनले बताइन् । जाडो बिदा लम्ब्याएपछिको अवस्था पनि सुधार नभएमा थप के गर्ने भनेर छलफल हुने सिसिएमसीले जनाएको छ ।
यो पनि सत्ताा साझेदार दल नेकपा माओवादी केन्द्रका शीर्षनेताहरूलाई संक्रमण पुष्टि भएसँगै केन्द्रीय सरकारका मन्त्री पनि जोखिममा परेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !