काठमाडौ । खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ले पछिल्लो राजनीतिक घटनाक्रमलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुलोपिठो भएको संज्ञा दिएका छन् । उनले प्रचण्ड र डा। बाबुराम भट्टराईले गलत बाटो लिएकाले यस्तो अवस्था आएको बताएका छन् । कुनै बेला प्रचण्ड उभिदा मात्र पनि राजनीतिक हलचल हुने अवस्था थियो तर अहिले आफुहरुले उनको साथ छोडेपछि धुलोपिठो भएको बताए ।
कपिलबस्तुमा अखिल नेपाल महिलासंघ (क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो प्रतिकृया दिएका हुन् । उनले पद नपाएका कारण प्रचण्डको साथ छोडेको भन्दै आफुहरु विरुद्ध गलत हल्ला चलाईएको पनि जिकिर गरे । उनीहरुले गलत बाटो अपनाएकाले साथ छोडेको भन्दै विप्लवले एक्लिएका प्रचण्ड अहिले भने धुलोपिठो भएको बताए ।
‘२० वर्ष प्रचण्डलाई कसैले हल्लाउन सक्दैन भन्थे नि, हामीले छाडेपछि प्रचण्ड धुलोपिठो हुन २० महिनै लागेन त, उनले सम्बोधनका क्रममा भने, प्रचण्ड उभिएपछि देश हल्लिन्थ्यो त्यो कुरा साँचो हो । तर अहिले अवस्था त्यस्तो छैन । उनका लागि लाखौं हाम्रा दिदीबहिनी सहिद हुन तयार भएका थिए भन्दै आफुहरु पनि त्यस्तै वाटोमा रहेको बताएका छन् ।
प्रचण्डले सहिदको सपना विर्सिएको, सहिद परिवार छोडेको, बे प त्ता भएका योद्धाहरुको मुल्याकंन नगरेको, किसान मजदुरका झुपडी छोडेको आरोप लगाउँदै त्यसैले उनको साथ पनि आफुहरुले छोडेको बताए । माधवजी नभएको भए त म कमान्डर लिएर हिँड्थे भन्ने ? त्यो सिद्धिएको कुरा होइन ?’ उनको जिकिर थियो ।
उनले न्यायका लागि संघर्ष गर्न डराउन नहुने भन्दै प्रधानमन्त्री केपी ओलीले ‘केही समयअघि सत्यसँग ल ड्दिन शक्तिसँग झुक्दिनँ’ भनेपनि आफ्नो पार्टीमाथि प्रतिवन्ध लगाएर गलत गरेको बताए । ‘हुन त केपी जीले सत्यसँग ल ड्दिन शक्तिसँग झुक्दिनँ भन्नुभयो तर हाम्रो पार्टीमाथि प्रतिवन्ध के थियो त्यो ? त्यो सत्य र न्याय थियो ? कुमार पौडेललाई समातेर क न्चटमा गो ली हा ने र मा र्नु त्यो सत्य हो ?’, विप्लवको प्रश्न छ ।
उनले आफू सत्य र न्यायको पक्षमा ल डेको र ल डिरेहने बताए । ‘ब म टे क्दै र ह ति या र खो स्दै हिँड्न सकिन्छ । न्यायको पक्षमा हामी कहिल्यै दब्नु हुँदैन । हामीले गल्ति गरेका छैनौ’, विप्लवको भनाइ छ । उनले महिलाले सम्पतिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने पनि बताए । न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको विप्लवले दावी पनि गरे ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !