TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

उनले लड्ने आँट गरेकि छिन्, बाँच्ने साहस हामीले दिऊँ

उनले लड्ने आँट गरेकि छिन्, बाँच्ने साहस हामीले दिऊँ

काठमाण्डाैं । अब हिम्मत हार्नुहुँदैन भन्ने उनले बुझ्दै गएकी छन्, सम्भवतः उनले थाहा पाएकी छन्, जित्नका लागि बाँच्नुपर्छ । हामीले थाहा पाउनुपर्छ उनी बाँच्नका लागि हाम्रो साथ चाहिन्छ । अब न्याय कसका लागि माग्नुहुन्छ तपाईं आफैं निर्णय गर्नुस् ।

बुधबार अभिनेत्री पूजा शर्मा तामझामसहित नाबालिका बलात्कारका आरोपित पल शाहलाई भेट्न जिल्ला प्रहरी कार्यालय तनहुँ जाँदा उनलाई हेर्ने र समर्थनमा नाराबाजी गर्नेको भीड थामिनसक्नु थियो । भीडभन्दा अलि पर पीडित किशोरीका बुवा चुपचाप बसेका थिए, छेउमा आमाको मौनता उस्तै थियो ।

यता आरोपितकै पक्षमा त्यो नाराबाजी उता गाउँमा गाउँलेको छिःछिः र दुरदुर ! ‘यस्ती छोरी जन्माउनुभन्दा बरु बाँझै बस्नु बेस !’ पीडित बालिकाकी आमा छरछिमेकीको परिवर्तित व्यवहारबारे अधिवक्ता राधिका खतिवडालाई सुनाउँदा भक्कानिन्छिन् । बल्ल-बल्ल साहस जुटाएर न्यायको लडाइँमा सरिक उनको बुवा आरोपितकै रजगज देखेर अवाक् छन् ।

अलि अघिसम्म प्रतिभावान छोरीले गाउँको इज्जत राखिन् भन्नेहरूले फेरेको बोली र व्यवहारले दुखाएको जरूर छ तर हराइसकेको छैन । हार्न नमिल्ने लडाइँमा लागेकाले हुनुपर्छ, यी दम्पतीको भरोसा राज्यसँग छ, यो बेलासम्म राज्य उनीहरूकै साथमा छ । मिठो गाएर छोटो समयमा सफलताको उचाइ नापेकी १७ वर्षीया गायिकाको मनमा चलेको हुटहुटी र बेचैनीको पनि कुरा गरेर साध्य छैन ।

स्वाभाविक हो, मनमा हजारथरी कुरा खेल्छन्, रातभरि निद्रा पर्दैन, सामाजिक सञ्जाल खोल्दा बर्सिरहेका अश्लील गालीको असिनाले थिचिएर उठ्नै सक्दिन जस्तो लाग्छ उनलाई । छेउमै सुतिरहेकी साथीलाई कोट्याएर भन्छिन्, ‘अब म बाँच्न सक्दिन ।’ उनको न्यायका निमित्त वकालतमा होमिएकी अधिवक्ता खतिवडाको मोबाइलमा म्यासेज आउँछ,’अब मर्छु होला दिदी !’

फेरि ओल्टोकोल्टो फेर्छिन् र भन्छिन्, ‘न्यायको यो लडाइँमा नजिती भएको छैन ।’ उनको यही अठोटमा साथ दिनेहरू आँट भरिदिन्छन्,निराश नहुन हौस्याउँछन् र उज्वल भविष्यको मार्गचित्र देखाइदिन्छन् । यसै पनि उनी न्याय प्राप्तिको यो मैदानमा सानो साहसले होमिएकी हैनन् । नत्र १४ वैशाख २०७८ मा अन्तिमपटक जबरजस्ती करणीको सिकार बनेकी यी किशोरीलाई बाहिर आउन र आवाज उठाउन आफैंसँग यति धेरै संघर्ष गर्नै पर्दैनथ्यो ।

छोरीमाथि भएको अत्याचारको घटना बाहिर लिएर गए आफूहरूमाथि लाग्ने सम्भावित लाञ्छनाको आकलन किशोरीका आमाबुवाले पहिले नै गरेका थिए, त्यसैले प्रहरीको ढोका खोल्न जानुभन्दा उपयुक्त छोरीको मुख बन्द गर्नुमा नै देखे सायद ।

सामान्य साक्षर बाबुआमा जसले घरको खेतीले नपुगेर परिवार धान्न ज्याला मजदुरी पनि गर्नुपर्छ, उनीहरूको मनमा के खेल्छ सम्भवतः हामीले अनुभूत गर्न सक्ने कुरा हो । तर अत्याचारको पनि सीमा नाघेपछि हर छोरीका बुवाआमा सायद यसैगरी अघि सर्छन् र समाजले लगाउने आक्षेपभन्दा कानुनले लेखेका अक्षरहरूको भरोसा गर्छन् ।

अहिले एउटा समूहले अलिकति खुट्टा छोडेको छ । अपराधलाई मायाको नाम दिएर उमेर पुगेपछि बिहे गर्छु भन्दै आरोपित र बाहिर कुरा लगे आफ्नै बेइज्जत हुन्छ भन्दै आफन्तले बोल्न दिएनन् । किशोरीको कलिलो दिमागमा परेको असरभन्दा समाजलाई बेसी चिन्ता कानुनको पहिलो नजरमै अपराधी ठहरिन सक्ने पल शाह माथि छ ।

उनको पक्षमा उनीविरुद्ध उजुरी परेको तनहुँ सदरमुकाम दमौली नै पुगेर नाराबाजी गर्नेहरूको के कुरा गर्नु, जीवनभर महिला आन्दोलनलाई माध्यम बनाएर महिलाका नाममा प्रगति गरेका ‘महिला अधिकारकर्मी’समेत खुलेर लाग्दा उनीहरूको आन्दोलनको भरमा बनेको मुलुकको कानुनको धज्जी उडिरहेको छ ।

नत्र मुलुकको कानुनले सिधै र बुझिने भाषामा भनेको छ १८ वर्षमुनिका बालिकामाथि सहमतिमा पनि यौनसम्बन्ध गर्न पाइँदैन । सिद्धान्ततः ‘मलाई कानुनको यो व्यवस्था थाहा थिएन’ भन्न पनि पाइँदैन । यति स्पष्ट कुरामा पनि पीडकको पक्षमा लागेर पीडितलाई झन् यातना दिन खोज्नेहरूको संख्या दिनदिनै थपिदै जानु समाजमा हामीले नै हुर्काइएको पितृ सत्ताको ऐंजेरु झन् झन् झांगिनु हो । यसैका विरुद्ध आवाज दिन उठेकी गायिकालाई मनोबल दिने दायित्व आफ्नै काँधमा आउँदा दायित्वबाट पन्छिने छुट लिनुहुँदैनथ्यो, त्यस्तो देखिएन ।

आफैं न्यायाधीश बन्न उद्यत एउटा जमातले अभिनेता पलसँग जोडेर ती गायिकालाई गिजोलिनै रह्यो । आफूमाथि भएको दुर्व्यवहारको घटना सार्वजनिक गर्न खोज्दा मिलापत्र गराउन तम्सिने र उनीहरूकै अन्तर्वार्ता गरेर सब ठीकठाक थियो भनेर सन्देश दिने सञ्चारकर्मीदेखि कलाकारसम्मको घेराबन्दीमा परेपछि विक्षिप्त बन्दै गएकी किशोरीमा जब अब लड्छु भन्ने सोच आयो, समाज कहाँ उनको पक्षमा देखियो र ? कलाकर्मी र अधिकारकर्मीको सहानुभूति बरु पीडकप्रति देखियो । आजको समाजको सबैभन्दा कुरुप दृश्य तपाईंले केही देख्नुभएको छ भने, यही नै हो ।

किशोरीमाथि बलात्कार गरेको आरोप लागेर हिरासतमा रहेका पल शाहलाई शुभाशिष छ भन्न अधिकारकर्मी बन्दना राणादेखि भगवान साथमा हुनुहुन्छ भन्न अभिनेत्री करिष्मा मानन्धरसम्म त्यो भीडमा लामबद्ध उभिए । उता ‘जस्टिस फर पल’ भन्नेहरुको तमासा दमौलीको सकडमा छरपष्टै छ ।

‘मन मिल्दा चमत्कार, नमिल्दा बलात्कार !’, ‘बार्गेनिङ नमिलेपछि आफूमाथि करणी भएको आरोप लगउने ?’, ‘चुकुल नलगाइ सुत्ने, अनि बलात्कार भयो भन्ने ?’, ‘एक वर्षअघि भएको घटनामा किन अहिले आएर मात्र बोलेको ?’, ‘आफूलाई सम्हाल्न नसक्ने, अरुलाई दोष दिने ?’ यी बनिबनाउ लाञ्छना हुन् ।

यौन शोषणविरुद्ध बोल्न खोज्ने हर महिलाले कुनै न कुनै बेला सुन्नुपर्छ, सडकदेखि सामाजिक सञ्चालसम्मका यस्ता आक्षेपले पीडितलाई झन् पीडा दिन्छ र सामाजिक न्याय मर्दै जान्छ भन्ने चेतना आउनका निमित्त पहिले आफूले आफैंलाई मान्छेका रुपमा उभ्याउन पर्दाेरहेछ ।

कसैको अन्धभक्त बन्दा र के सही हो, के गलत छुट्याउन नसक्ने उमेरकी किशोरीमाथि यति विघ्न प्रश्नका तीरहरूले हान्दा यदि समाज खुसी हुन लागेको हो भने भन्नै पर्ने हुन्छ यो समाजमा सचेतना मूर्छित अवस्थामा छ, जगाउने काम हाम्रै हो ।

किशोरावस्था यसै पनि चुलबुले उमेर हो । कसैको बहकाउमा लाग्नु, धाकधम्कीहरूसँग डराउनु, सही र गलत छुट्याउन नसक्नु अपरिपक्व मानसिक अवस्थाको संकेत हो । तर ३२ वर्षको परिपक्व व्यक्तिले किशोरीलाई प्रभाव या दबाबमा पार्छ भने दोष कसको हुन्छ ? यसै पनि उनी मानसिक र भावनात्मक हिसाबले आफ्नो बारेमा निर्णय गर्न सक्ने बलियो भएकै थिइनन् ।

जरुर हो, आम मान्छेभन्दा उनी फरक छिन् । राम्रो प्रतिभा छ सानैदेखि प्रगति गरेकी छिन् । भन्नुस् त हुर्किंदै गरेको प्रतिभालाई जोगाएर अघि बढाउने दायित्व लिनुपर्ने मुलुकका नायकहरू फिल्मीशैलीकै खलनायक बनिदिंदा हामीले कसको पक्षधर हुनुपर्छ ?

जबकि सार्वजनिक अडियो संवादमा पलले ती किशोरीसँग आफ्नो सम्बन्ध रहेको संकेत दिइसकेका छन् । त्यहाँ पल, ती किशोरी र अन्य केहीको आवाज सुनिन्छ । अडियो कुराकानीमा किशोरीले ‘अब उपाय के त ?’ भनी सोधेका छन् । साथै उनले विवाह गर्नका लागि भनेकी छिन् । जवाफमा पल यसो भन्छन्, ‘यस्तो कुरामा चाहिं यति ठूलो डिसिजन लिनुपर्छ भन्ने लाग्दैन । मेरो कारणले प्रेग्नेन्ट भएको भएचाहिं यो कुरा भन्न मिल्थ्यो ।’

यस्ता थुप्रै प्रमाण पीडित गायिकासँग छ, ती सबै प्रमाणको एउटै निष्कर्ष छ, उनलाई जबरजस्ती करणी गरियो र मानसिक यातना दिइयो । यही यातनाबाट उम्किन राज्यको साथ मागेकी उनले अनलाइनखबरसँग बुधबार साँझ भनिन्, ‘मैले यो लडाइँ जितें भने अरु पीडितलाई पनि साहस आउने थियो तर मलाई नै बाँचौं कि मरौं बनाइरहेका छन् ।’

यद्यपि अब हिम्मत हार्नुहुँदैन भन्ने उनले बुझ्दै गएकी छन् । सम्भवतः उनले थाहा पाएकी छन्, जित्नका लागि बाँच्नुपर्छ । हामीले थाहा पाउनुपर्छ- उनी बाँच्नका लागि हाम्रो साथ चाहिन्छ । अब न्याय कसका लागि माग्नुहुन्छ तपाईं आफैं निर्णय गर्नुस् ।

‘अपराधी विगतमा के थियो, कस्तो थियो भन्ने कुराले अर्थ राख्दैन’
मोहना अन्सारी, महिला अधिकारकर्मी

ग्ल्यामर क्षेत्रमा बालबालिकाको शोषण मौलाइरहेको छ । तर पनि ग्ल्यामर दुनियाँले यसलाई ढाकछोप गरिरहेको छ, लुकाउन खोजिरहेको छ । समय-समय ग्ल्यामर क्षेत्रमा भइरहेको शोषणको कुरा आइरहेको भएता पनि तिनीहरू न्याय सम्पादनसम्म पुग्न सकेका छैनन् ।

ग्ल्यामर क्षेत्रमा काम गरिरहेकाहरूको पहुँच मिडियासँग हुने र समाजमा गन्नेमान्ने भएका कारणले पनि घटनालाई दबाउन, लुकाउन सहज हुने गरेको छ । यस्तो प्रवृत्ति सधैंका लागि अन्त्य हुनुपर्छ । पीडितले न्याय पाउनुपर्छ ।

समाजले सत्य तथ्यबारे गहिराइमा गएर बुझ्दैनन्, पढ्दैनन् । मिडियाले जे लेख्यो, जे भन्यो त्यसैमा विश्वास गर्छन् । मिडियाले यस्तो जघन्य अपराधका विषयमा समाजलाई सत्य कुरा दिनुपर्छ । समाजको बुझाइको स्तरलाई बृहत् बनाउन जरुरी छ ।

नेपाली समाजमा हरेक कुरा कानुनमा लेखिएर आउनुपर्छ भन्ने भावना व्याप्त छ, तर त्यस्तो हुन्न । सबै कुरा लेखिएका हुँदैनन् । सबुत-प्रमाणका आधारमा कारबाही सजाय पनि हुन्छ ।

अपराधलाई ग्यालमरले ढाक्नुहुँदैन । यो प्रकरणले ढाक्ने प्रयास गरिरहेको छ, जसबाटआपराधिक मानसिकता उदाङ्गो हुन्छ ।

अपराध पुष्टि भइसकेपछि कानुनसम्मत कारबाही हुनुपर्छ । मुलुकी अपराध आचारसंहिताको दफा २१९ले १८ वर्षभन्दा कम अमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जर्बजस्ती करणी मानेको छ । नाबालिगलाई जबर्जस्ती करणी गरेका १० वर्षदेखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था गरेको छ ।

आरोपीलाई सहानुभूति दिने कुरा एक हो तर कसुरदार कानुनको दायरामा आइसकेपछि अपराधलाई पक्षविपक्ष बनाउनुहुँदैन । कसैले अपराधलाई बेवास्ता गर्छ भने त्यसको जवाफदेहिता हरेकले बोध गर्नुपर्छ ।

अपराधी विगतमा के थियो कस्तो थियो भन्ने कुराले अर्थ राख्दैन । अहिले उसले गरेको अपराध महत्वपूर्ण कुरा हो ।

प्रहरी प्रशासन तथा न्यायालयले प्रमाणका आधारमा कारबाही गर्ने, सजाय सुनाउने हो । अपराधका प्रमाण खोज्ने, फैसला गर्ने निकायहरू छन् समाजले अपराधबारे फैसला गर्नुहुँदैन ।

पीडक कानुनको दायरामा आइसकेको र अदालतको फैसला आउन बाँकी रहेको अवस्थामा सामाजिक व्यक्तित्वले अपराध र अपराधीलाई संरक्षण गर्दा समाजमा नकारात्मक असर मात्रै पर्दैन, पीडितलाई समेत न्याय पाउन सकस हुन्छ ।

सेलिब्रेटीले समाजको प्रतिनिधित्व गर्ने भएकाले उनीहरूले समाज तथा कानुनसम्मत तरिकाले संयमित भएर गर्नुपर्छ ।

हुन त यस्ता कुरामा सधैं पुरुषको मात्रै दोष हुन्छन्, उनीहरू मात्रै दोषी हुन्छन् भन्ने होइन । महिला पनि दोषी हुन सक्छन् । तर तथ्य र प्रमाणका आधारमा दोषीले कारबाही र सजाय पाउनुपर्छ ।

ShareTweetShare

सम्बन्धित खवर

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
अन्तर्राष्ट्रिय

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…
खेलकुद

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
banner news

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !
आर्थिक

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

5 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

5 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

5 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

5 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

5 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

5 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved