काठमाडौं। यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि क्रोएसियाले टोली घोषणा गरेको छ ।
साविक विजेता समेत रहेको क्रोएसियाले मंगलबार भेट्रान खेलाडी लुका मोडरिचलाई समावेश गर्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । मोडरिचले लगातार चौथो पटक विश्वकप खेल्न लागेका हुन् ।
टोलीमा अनुभवी खेलाडीहरु इभान पेरिसिच, डेजान लोभरेन, मार्सेलो ब्रोजोभिक, आन्द्रे क्रमारिक, मारियो पासालिक,माटियो कोभासिच समावेश छन् । २०१८ सालमा रुसमा भएको विश्वकपमा उपविजेता बनेको क्रोउसिया त्यही नतिजा दोहोर्याउने लक्ष्यमा छ ।
विश्वकपमा क्रोएसिया समूह ‘ई’ मा छ। यस समूहमा बेल्जियम, क्यानडा र मोरक्को छन् । क्रोएसियाले नोभेम्बर २३ मा मोरक्कोसँग विश्वकपको पहिलो खेल खेल्नेछ ।
यस्तो छ क्रोएसियाको टोली
गोलकिपर : डोमिनिक लिभाकोभिच, इभिका इभुसिच, इवो गबिच
डिफेन्डर : डोमागोज भिडा, डेजान लोभ्रेन, बोरना बरिसिच, जोसिप जुरानोभिच, जोस्को गभार्डीओल, बोरना सोसा, जोसिप स्टानीसिच, मार्टिन एर्लिच, जोसिप सुटालो
मिडफिल्डर : लुका मोड्रिच, मटियो कोभासिच, मार्सेलो ब्रोजोभिच, मारियो पासालीच, निकोला भ्लासिच, लोभ्रो माहेर, क्रिस्टियन जाकिच, लुका सुचिच
फरवार्ड : इभान पेरिसिच, आन्द्रे क्रामारिच, ब्रुनो पेक्टोभिच, मिस्लाभ ओर्सिच, आन्टे बुडीमिर, मार्को लिभाजा
आफ्नो प्रतिक्रिया दिनुहोस् !