काठमाडौं । नेपाल राष्ट्र बैकले विहीबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिद १२० रुपैयाँ ४३ पैसा र विक्रीदर १२१ रुपैयाँ ०३ पैसा तोकेको छ । यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ८७ पैसा र विक्रीदर १३६ रुपैयाँ ५५ पैसा रहेको छ । एक कतारी रियाल खरिदका लागि नेपाली ३३ रुपैयाँ ०८ पैसा भने विक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको छ ।
साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा रहेको बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९० पैसा र विक्रीदर ८६ रुपैयाँ ३३ पैसा रहेको छ ।
यस्तै क्यानेडी डलरको बिनिमयदर आज ९६ रुपैयाँ ३८ पैसा र विक्रीदर ९५ रुपैयाँ ८५ पैसा, सिंगापुर डलर एकको खरिदर ८८ रुपैयाँ १४ पैसा र विक्रीदर ८८ रुपैयाँ ६८ पैसा, जापानी यन आज १० खरिददर नेपाली १० रुपैयाँ ६१ पैसा र विक्रीदर १० रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै सबै भन्दा महँगो पैसा कुवेतको दिनार रहेको छ । जसको एकको खरिददर ३९७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ६६ पैसा रहेको छ ।
हेर्नुहाेस्ः
© Nepal Exchange Rates
आफ्नो प्रतिक्रिया दिनुहोस् !