कृष्ण काफ्ले र रचना रिमालको स्वरमा घरीघरी बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । प्रमिला वस्नेतको सब्द रहेको यो गीतमा सरोज प्यकुरेलको संगीत र नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । प्रवासमा बसेर पनि गीत संगीतलाई माया गर्ने प्रमिला बस्नेत गीतकारका अतिरिक्त गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य पनि हुनुहुन्छ ।
उहाँले यो भन्दा अगाडी पनि धेरै गीत लेखी सक्नु भएको छ कुसन थापाको मिक्सीङ मास्टरिङ भएको यो गीतको भिडियो पनि तयार भएर रिलिज भैसकेको छ । कृष्ण काफ्ले र समिक्षा पोखरेलको अभिनय रहेको यो गीतलाई प्रहिल कार्कीले निर्देशन गर्नु भएको छ भने गीतमा छायांकन आभाष वर्जाचार्यको रहेको छ ।
दुई प्रेमीको प्रेम कहानीलाई समेटिएको यो गीतमा समिक्षा पोखरेल र कृष्ण काफ्ले दुबैको जोडदार अभिनय रहेको छ । हेर्नुहास गीत अनि कस्तो लाग्यो कमेन्ट र शेयर गरिदिनुहाेला ।
भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !