काठमाडौ । कोरोना जोखिमका समयमा भारतवाट फर्किएकी बलिउड नायिका तथा गिरीजाप्रसाद कोइरालाकी नातिनी मनिाषा कोइराला अहिले नेपालमै छन् । यहाँ रहेर उनी सामाजिक काममा सकृय छन् । उनी राजनीतिक गतिविधिमा पनि सहभागी हुन थालेकी छन् । तर अहिले नै राजनीतिमा आउने बारे भने उनले केही बताएकी छैनन् । पृथ्वी जयन्ती मनाउने क्रममा उनी सकृय रुपमा सहभागी भएकी थिइन् ।
क्या न्स र जितेपछि मनिषा आध्याम्मक जिवन प्रति आकर्षीत भएकी छन् । अहिले फिल्म क्षेत्रको काममा पहिलो जस्तै सकृय नभएपनि अन्य फरक क्षेत्रमा सकृय भएको बताइन् । कोरोनाको जोखिमका समयमा बाहिर जान नपाउँदा क्लासिकल संगित सिक्ने, भिडियो बनाउने, किताव लेख्ने तथा घरको ब्यवस्थापनमा ब्यस्त भएको बताइन् । उनले महामृत्युञ्जयको पाठको पनि तयारी गरेको बताएकी छन् ।
शिवरात्रीको अवसर पारेर उनले श्वर सुधा लगायतका साधनामा लागेकाहरुसंगको सहयोगमा उनले यसको तयारी गरेको बताएकी छन् । जिविविसा पुस्तक प्रकाशन गरेकी मनिषा अहिले त्यो कितावको प्रमोशन र त्यसमा भएका विषय बस्तुको प्रचारमा पनि लागेकी छन् । उनले विरामी भएको बेलामा उनले धेरै कितावहरु पढेको र निको भएपछि आफ्नो रोगका बारेमा सबैलाई भन्छु भनेर प्रतिज्ञा गरेको बताइन् । त्यसैले किताव लेखेको बताएकी उनले अहिले क्या न्स रको बारेमा सामाजिक अभियानमा लागेकी छन् ।
महिला हुनुको ठूलो हिस्सा एउटा आमा बन्नु पनि हो । मेरो सानै देखिको इच्छा थियो कि म आफ्नै बच्चा जन्माउँछु या कसैको बच्चालाई म अपनाउँछु भन्ने थियो । तर पाठेघरमा क्या न्स र भएपछि मेरो त्यो सबै चाहनामा ब्रेक लागेको छ । यो कुरा सम्झँदा मलाई दुख लाग्छ उनले आफुले अनुभूती गरेको कुरा बताइन् । सबैको आफ्नो इच्छा हो, कोही विवाह गरेर पनि आमा बन्न चाहन्नन् तर त्यस्तो सोच राख्ने कुराको सम्मान राख्नुपर्छ ।
भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !