काठमाण्डौँ – चर्चित गायिका समिक्षा अधिकारी र धनु मानन्धरले स्वर भरेको दोहोरी गीत ‘भएँ पानी पानी’ सार्वजनिक गरिएको छ । शिशिर रानाको गीत र धनु मानन्धरको भाकामा तयार भएको गीतमा संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् । अमोन रानाको निर्देशन र कोरियोग्राफी रहेको गीतमा रमेश बाबु थापा र रिना थापाले स्क्रिन शेयर गरेका छन् ।
करण चैसिरले खिचेको भिडियोको सम्पादन नविन घर्ति मगरले गरेका हुन् । मेसना डिजिटलबाट सार्वजनिक गरिएको गीत माया पिरतीमा आधारित छ । उनी शिक्षण पेशासंगै गीतसंगीतलाई संगै अघि बढाउन चाहन्छन् । यसअघि उनले ‘के गर्दैछौ गाउँमा’ बोलको लोक गीत गाएका थिए । यस गीतका गायक धनु मानन्धर पेशाले शिक्षक हुन् ।
स्याङ्ग्जाको पूर्वी दक्षिण भगको हरिनाश गाउँपालिकामा जन्मेका गायक धनु मानन्धर पेशाले शिक्षक हुन् । यसो त स्याङ्ग्जा पश्चिमाञ्चल क्षेत्रमा पर्ने र यसै क्षेत्रमा बढि भन्दा बढि कलाकार लोक तथा दोहोरी क्षेत्रमा सिर्जना र स्वर लिएर जन्मनु सायदै नाैलो कुरा नहाेला । फेरि पनि गाउँपाखा बनजङ्गलमा गीत गुनगुनाइरहेका मानन्धर यतिबेला साँगेतिक आकाशमा उदाउँदा तारा हुन भन्न सकिन्छ ।
यस अघि नै “छैन शीतल छायाँ” र “छिट्टै फर्क गाउँमा” लोकदोहोरी गीत सार्वजनिक गरिसक्नुभएका धनु मानन्धरज्यूको संयुक्त तेस्रो सांगीतिक कोसेली लोकदोहोरी गीत “भएँ पानी पानी” पनि हालै प्रकाशित भएको हो । सानैदेखि चर्चित बनेकि गायिका समिक्षा अधिकारी पनि पश्चिमी भेग कास्की पोखराकि हुन् ।
भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !