वि.सं.२०७७ साल चैत्र २९ गते, आईतबार ईश्वी सन् २०२१ अप्रिल ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र कृष्णपक्ष । तिथि– चतुर्दशी,० घडी ४७ पला,बिहान ०६ बजेर ०४ मिनेट उप्रान्त औशी । नक्षत्र–उत्तराभाद्रपदा,०८ घडी २१ पला,बिहान ०९ बजेर ०६ मिनेट उप्रान्त रेवती । योग– ऐन्द्र,२० घडी ४९ पला,दिउसो ०२ बजेर ०५ मिनेट उप्रान्त वैधृति । करण– शकुनि,बिहान ०६ बजेर ०४ मिनेट उप्रान्त चतुष्पद,बेलुकी ०६ बजेर ४४ मिनेट उप्रान्त नाग । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मीन । दिनमान ३१ घडी ४० पला । घोडेजात्रा, भद्रकालीपीठमा लिङ्गो उठाउने, पञ्चक ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पती तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यापार व्यावसायमा सदाभन्दा आम्दानि बढिनै हुनेछ भने माया प्रेमको गाठो कसिलो भएर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिुनहोला सामान्य चोटपटक लाग्न सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धीमा चित्त बुझाउनु पर्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आय आर्जन बढाउन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतीमा बिवाद आउने योग रहेकोछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ भने उठ्नु पर्ने रकम नउठ्नाले नयाँ काम गर्ने अवसरबाट टरेर जानेछ । अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमाा दिईएको समयबाट भनेजस्तो नतिजा नआउने हुँदा मन चिन्तित हुनेछ । सानो कामलाई पनि प्रशस्त समय दिनु पर्दा दैनिक कामहरु प्रभावित हुनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ ।
तपाईँकोे दिन शुभ रहोस् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !