२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।प्रस्तावको पक्षमा ९३ मत परेको छ । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।
काठमाडौं – नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले विभिन्न सञ्चार माध्यमले चर्चा गरे जस्तो आज प्रधानमन्त्रीले राजिनामा नगर्ने बताउनुभएको छ । ‘विभिन्न सञ्चार माध्यममा प्रधानमन्त्रीले राजिनामा गर्नुहुन्छ भनेर लेखेको देख्छु तर यो गलत सावित हुन्छ’ नेम्वाङले नेपाली बहस डटकमसँग कुरा गर्दै भन्नुभयो ‘
बहुमत प्राप्त भएन भने पनि प्रधानमन्त्री संविधान बमोजिम अगाडी बढ्नुहुन्छ । बहुमत प्राप्त भएन भने पनि संविधान बमोजिम अगाडी बढ्नुहुन्छ ।’ संसदमा आज बहुमत प्राप्त नहुँदा दुई वा सो भन्दा बढी दलको सरकार बन्ने प्रक्रिया अघि बढ्छ । त्यस्तो अवस्था नदेखिएकोले ठूलो पार्टीको अध्यक्षको हैसियतले केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ ।
‘विश्वासको मत प्राप्त नभए पनि उहाँले राजिनामा गर्नुहुन्न । राजिनामा गर्नुपर्ने संविधानमा व्यवस्था छैन ’ नेम्वाङले भन्नुभयो ‘विश्वासको मत प्राप्त भएन भने प्रधानमन्त्रीको पद रिक्त हुन्छ । अर्को प्रधानमन्त्री नआएसम्म त्यही प्रधानमन्त्रीले सरकारको काम गर्नुहुन्छ भन्ने व्यवस्था छ संविधानमा ।त्यसै अनुसार प्रधानमन्त्री अगाडी बढ्नुहुन्छ । ’
काठमाडौं -माधव नेपाल समुहले आज विहान नौ बजेसम्म प्रधानमन्त्रीलाई सहमतीका समय दिएको भए पनि प्रधानमन्त्रीले यसलाई वेवास्ता गर्नुभएको छ । ‘अब उहाँहरुका कुरा सुनेर सहमतीको आशा गर्नु बेकार छ ।
पार्टी र संसदीय दलको विधान बमोजिम अब अगाडी बढीन्छ’ संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाली बहस डटकलाई भन्नुभयो ‘हिजो हामी छलफलमा बस्दा अब पार्टीमा एक आपसमा आक्षेप लगाउने गरी कुनै काम नगर्ने सहमती भएर निस्किएको तर तत्काल आफू निकटको बैठक र राती विज्ञप्ती निकालेर माधव कमरेडले सहमतीको उल्लंघन गर्नुभयो ।’
नेता नेपालले पार्टी ‘फूटाउनका लागि मध्यरातसम्म साँसदहरुलाई टेलिफोन गरेर तयारी अवस्था रहन भन्नुभएको छ । स्रोतका अनुसार विभिन्न साँसदहरुलाई फोन गरेर आज विहान नौ बजे सिंहदरबार संसद सचिवालयमा जम्मा हुने ,त्यहाँ सामुहिक राजिनामा दिने र नयाँ पार्टी खोल्ने तयारी गर्ने भन्दै उहाँले फोन गर्नुभएको हो । एक साँसदले दिएको जानकारी अनुसार फोन गरेको केही बेरमा नेपालमा नाममा प्रधानमन्त्रीलाई छ वटा माग राखेको एउटा अपिल सार्वजनिक भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !