काठमाडौं । थाहा युथ इन्भेष्टमेन्ट ग्रुपद्धारा कोरोनाको कारण हस्पिटलमा रगत अभावमा भौतारीरहेका मानिसहरुको सहयोगको लागि रक्तदान कार्यक्रम सम्पनर्न भएको छ । काठमाडौंका नयाँवजारको सासा वैङ्केटमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा लकडाउनको समयमा पनि सयौका संख्यामा समाजसेवी युवाहरुको सहभागीतामा ८० पौण्ड रगत संकलन गरिएको वताउनु हुन्छ कार्यत्रम संयोजक प्रलाद महत ।
त्यसै गरि थाहा युथ इन्भेष्टमेन्ट ग्रुपको अग्रसरतामा विगत १ महिना देखि कोरोना महामारीवाट दुख पाई हस्पिटलका वेडमा उपचारको लागि पुगेका आम नेपालीहरुलाई अक्सिजन वितरण गर्दै आएका छन ।
मकवानपुरमा जन्मिएका युवाहरुको साझा लगानी गर्ने संस्था थाँहा युथ इनभेष्टमेन्ट ग्रुपले समाजीक काममा हात हालेका युवाहरुले हाल दैनिकहरुपमा ३०० जना दैनिक ज्यालादारीमा काठमाडौमा काम विहिन भएका र सडकमा रहेकाहरुलाई पनि खाना खुवाउदै आइरहेका छन ।
अभियानमा कसैले खाद्यान्न त कसैले केहि रकम भने मनकारी मान्छे भान्छाको काम देखि भोलिन्टियरस भयर पनि सयोग गर्दै आएका छन । दैनिक खानाको लागि देश विदेशवाट पनि हरेक दिन सयोग आइरहेको छ ।
यसरीनै हामीले अक्सीजन सहयोग गर्ने चाहाना वाट खाना खुवाउदै आज आएर हाम्रो टिमको मेहनतर विश्वसले गर्दा नै यो लकडाउनमा पनि धेरैको सहभागीतामा रक्तदान कार्यक्रम गर्न सफल भयौ भन्छन विपद् व्यवस्थापनको संयोजक अर्जुन बस्नेत साथै यस पुन्यकाममा सहयोग गर्नु हुने सवैमा धन्यवाद दिन चाहान्छु भन्नु भयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !