एजेन्सी । डि. एस. डिजिटल सिनेमाको ब्यानरमा मोहन गमाल को प्रस्तुति अमन कुमार देव र पुस्पराज नेपाल को निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको अन्मिएर तिमी बोलको गीत ओएस आर मुविज बाट रिलिज गरिएकोछ।दुई मायालु मनकोछट्पटी र प्रेम रोमान्स भन्ने गीतमा दर्शाएको छ ।
रबिन श्री र सरु बराललाई फिचरिङ गरिएको गीतमा कृष्ण पाण्डेको छायांकन राजन महर्जनको नृत्य निर्देशन बिश्वास भण्डारीको सम्पादन सुभाष गौतमको गीत सिएल शर्मा संगीत दिपक लिम्बुको स्वर रहेको छ। रिभेन्ज मुविमा रबिन श्री, पुस्पराज नेपाल,खगेन्द्र घिमिरे, रोशन बिसि, विशाल अग्रवाल, पदम सुनार, रेनु थापा,गङा कुवर रहेका छन् ।
यस्तै अम्बिका खड्का को अभिनय, राजेन्द्र बजगाइ को पार्स्व संगीत अनि सिएल शर्मा, पुर्ण सापकोटा ,शंकर अधिकारी घायल, सन्तोष प्रगाढ को संगीत शंकर अधिकारी घायल, सुभाष गौतम ,हरि मानन्धर बिबस को गीत रहेको छ। समय सहज भए संगै मुवि लाई रिलिज गरिनेछ।
भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !