साउन २५ काठमाडौ । नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा पक्राउ परेका छन् ।
काठमाडौंको टोखाबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
शर्मा गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !