काठमाडौं । नेकपा विभाजन पछि कम्युनिष्ट पार्टीहरुका अध्यक्ष एउटै मञ्चमा पहिलो पटक भेला भए ।
एमाले अध्यक्ष केपी ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पहिलो पटक एउटै पञ्चमा पुगेका हुन् । उनीहरुबीच यति धेरै दुरी बढ्यो की एक अर्काको अनुहार पनि हेर्न चाहन्नन् । शुक्रवार नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन सत्रमा पहिलो पटक एउटै मञ्चमा पुगेका तीन नेताहरुको ब्यवहारले पनि त्यस्तै देखायो ।
एक अर्का प्रति हार्दिकता त देखिएन नै एक जना नेताले गरेको भाषण अर्काले सुन्ने धैर्यता पनि गरेनन् । ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही बेर बसे भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने तत्काल मञ्च छाडेर हिँडे । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा ओली ड्यासमा पुग्दा प्रचण्ड र नेपाल आफ्नो सोफामा थिएनन् ।
ओली महाधिवेशनको उद्घाटन सुरु भएपछि केही ढिला गरी आएका थिए । तर, उनी प्रचण्ड र नेपाल लहरैको सोफामा समेत बसेनन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए । पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए । ओली भन्दा पहिला प्रचण्ड र नेपालको भाषण गर्ने पालो परेका कारण ओली बस्न बाध्य भए ।
तर ओलीले भाषण गर्न थालेपछि नेपाल सुरुमै उठेर हिँडे तर प्रचण्ड भने केही बेर बसेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !