काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेसनको उदघाटन सत्रमा पार्टी पदाधिकारीलाई बोल्न दिदाँ साँझ ढ’ल्दा पनि सम्पन्न हुन सकेको छैन ।भृकुटीमण्डपमा आयोजित उदघाटन सत्रमा बिभिन्न राजनीतिक दल तथा बिदेशी पाहुनाहरुले मन्तब्य राखे लगत्तै पार्टी पदाधिकारीलाई बोल्न दिदाँ लम्बिन पुगेको छ ।
सहमहामन्त्री सुनिल थापा, प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, कृष्ण सिटौला, उपसभापति बिजयकुमार गच्छदारलगायतले अतिथि पछि मन्तब्य राखेका थिए । झमम्क साँझ परिसक्दा पनि कांग्रेस महाधिवेसनको उदघाटन सत्रमा प्रधानमन्त्री एवम पार्टी सभापति शेरबहादुर देउवाले मन्तब्य राख्न नै पाएका छैनन । उदघाटन सत्रमा सहभागी प्रतिनिधि र कार्यकर्ताहरु क्रमशः बाहिरिन थालेका छन् तर कार्यक्रम अझै जारी छ ।
पाली कांग्रेसको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन नेपाल र भारतका राजनीतिज्ञहरू पुगेका थिए ।तर, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनअघि नै धेरै पाहुनाको रुपमा आएका नेताहरू मञ्चबाट बाहिरिसकेका छन् ।
एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालसहितका अतिथिहरू देउवाको सम्बोधन अघि नै कार्यक्रमबाट बाहिरिएका हुन् ।
एमाले विभाजनपछि पहिलोपटक ओली, नेपाल र प्रचण्ड सहभागी सो मञ्चबाट उनीहरूसहित जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, माले महासचिव सिपी मैनाली आफ्नो सम्बोधन सकेर बाहिरिएका हुन् ।
ओलीले भाषण गर्ने बेला प्रचण्ड र माधव नेपाल उठेर हिँडे
एमाले अध्यक्ष केपी ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा ओली ड्यासमा पुग्दा प्रचण्ड र नेपाल आफ्नो सोफामा थिएनन् ।
ओली महाधिवेशनको उद्घाटन सुरु भएपछि केही ढिला गरी आएका थिए । तर, उनी प्रचण्ड र नेपाल लहरैको सोफामा बसेनन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए । पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए । ओलीले प्रचण्ड र नेपालको भाषण सुने पनि ओलीले भाषण गर्न थालेपछि प्रचण्ड र नेपाल पहिले नै उठेर हिँडेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !