काठमाडौंको मैतिदेविबाट एउटा यस्तो भिडियो पेश गर्दछौ जुन हेरे पश्चात् तपाईले परिकल्पना गर्नुहुनेछ कि मान्छेको जीवन पनि यसरी कट्दो रहेछ । आर्थिक अवस्था न्यून अझ भनौ गरिबिले गर्दा लागेको रोगको उपचार गर्न नसक्दा अहिले कुकुर जस्तो जिन्दगी जिउन बिवस रहेछन् यिनी ।जसोतसो सास न हो अल्झिराखे संसार देख्न पाइराखिन्छ भन्ने आशहरु हामी सहजै आकलन गर्न सक्छौ उनका आँखाबाट ।
घरको मुख्य मान्छेको नै यस्तो दयनिय अवस्था भएपछि परिवार कसरी चल्दै होला त्यो एकफेर सोच्दा पनि मुटु थरररर काप्छ ।अनिल थापा जो ४१ बर्षका मात्रै छन् ।यस्ता अशक्त श्रिमानलाई स्याहार गरेर बसेकि श्रीमती लेबर काम गरेर छाक टार्ने बताउछिन् तर अवस्था एकदमै बिग्रेको र उपचार गर्न नसक्ने स्थितिमा पुगेको बताउछिन् ।
दुबैवटा किड्निहरु फेल भएका रहेछन् । पेट सुन्निएर एकदमै ठूलो भएको रहेछ । शरिरको रङ्ग नै परिवर्तन भएको रहेछ र एकदमै कालो हुँदै गइरहेको रहेछ । औंलाका नङहरु पनि खिइदै गएको रहेछ ।यस्तो दर्दनाक अवस्थाबाट गुज्रिरहेका उनिलाई बचाइदिनुहुन सबैलाई अनुरोध गर्दै साना छोरा ।
भविष्यका सुन्दर सपनाहरू पढ्ने, साथीभाइहरूसँग खेल्ने, रमाइलो गर्ने र ठुलो भएपछि केहि गर्न यी छोराको सपनामा कत ठेस लाग्ने हाे कि भन्ने चिन्ताले सताइरहेकाे होला । त्यसैले यस्तो अवस्थामा एकले अर्कालाइ सहयोग गर्नु नै मानविय धर्म हाे । त्यसैले कृपया सकेकाे सहयोग गराै र सहयोग गर्न नसकेपनि यो पोष्टलाइ शेयर गरेर सहयोग गर्नेहरूको फेसबुक वालसम्म पुर्याइदिने काम गराैं ।
हेर्नुस् भिडियो सामाग्री:
आफ्नो प्रतिक्रिया दिनुहोस् !