काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडियो टेप पनि सार्वजनिक भएको छ । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रूपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो ।
दुवै अडियो कपुरबोट टिभीले सार्वजनिक गरेको हो । ढाकाकुमारले आइतबारको अडियो सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरी आफूलाई बचाइदिन अनुरोध गरेका छन् ।
अडियोको पछिल्लो भागमा ढाकाकुमारले दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै गौतमलाई फोन गरेको सुनिन्छ । उनीसँग फोनमा बोल्ने व्यक्तिले भने आफू गाडीमा भएकाले ‘त्यो विषयमा सल्लाह गरौंला सर, भरे कुरा गरौंला’ भन्दै फोन काटेका छन्।
सार्वजनिक अडिओको पहिलो भागमा भने ढाकाकुमारका भाइ भन्दै एक जनाले दुर्गा प्रसाईंलाई फोन गरेका छन् । प्रसाईंले उनलाई तपाईं ढाकाकुमारको भाइ हो भनेर सोध्छन् ।
आइतबारको अडियो सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमारसँग ७२ घण्टे स्पष्टीकरण सोधेकोमा हिजो सोमबार राति उनले स्पष्टीकरण बुझाएका पार्टीका अनुशासन समितिका प्रमुख भरतमणि देवकोटाले जानकारी दिएका छन् । श्रेष्ठले आफ्नो स्पष्टीकरणमा अडियोमा आफ्नो आवाज नभएको र एडिट गरिएको दावी गरेका छन् ।
अडियो भिडियो सुन्नुहाेस
आफ्नो प्रतिक्रिया दिनुहोस् !