काठमाडौँ, २८ बैशाख । काठमाडौँबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौँ फिर्ता ल्याइएको छ ।
ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि काठमाडौँ ल्यान्ड गराइएको छ । जहाजमा देखिएको समस्या प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने स्रोतले जनाएको छ ।
बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौँबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो । १६ जना यात्रु लिएर उडेको जहाज केहीसमयमै काठमाडौँमै अवतरण गराइएको थियो ।
नाइन एन एबीटी कल साइन रहेको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने तयारी छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !