काठमाण्डाैं । नर्भिक अस्पतालमा उपचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा चमक देखिएको छ । जीवन मरणको दोसाधमा रहेकी उनको अस्पतालको बेडबाट ताजा तस्वीर सार्बजनिक भएको छ ।जस्मा उनी मन्द मुस्कुराईरहेको महसुस गर्न सकिन्छ ।
उनको यस्तो अवस्थाबारे थाहा पाएपछि नर्भिक अस्पतालकि प्रबन्ध निर्देशक मेघा चौधरीले नि:शुल्क उपचारको जिम्मा लिएकी थिइन् । गएको तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारतको देहरादून जाँदै गर्दा सडक दुर्घटनामा परी मोडल निशा घिमिरे गम्भीर घाइते भएकी थिइन् । आर्थिक अभावका कारण शरीर अस्थिपन्जरमा परिणत हुँदै गएपछि अहिले भने उनको उपचार सुरु भएको छ ।
मिडियामा उनको दर्दनाक फोटो र तस्विर सार्बजनिक भएपछि उनको सो अवस्थामा राहत दिन समाजसेवी समेत रहेकी चौधरीले उद्धार गरेकी हुन् । दुर्घटनापछि उनको भारतमै उपचार हुँदै थियो तर उपचार महङ्गो र आर्थिक अभाव झन झन बढ्दै गएपछि बुबाआमाले उनलाई नेपालमै ल्याएका थिए ।
घरमै अर्धचेत अवस्थामा रहेकी उनी बोल्न सक्दिनन् भने अरुले खुवाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् तर जवाफ दिन वा अरुलाई रेसपोन्स गर्न सक्दिनन् । हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्ष भैसक्यो ।
**समाचारको पुरा भिडियो हेर्नुहोला***
आफ्नो प्रतिक्रिया दिनुहोस् !