काठमाडौँ । नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री एनपी साउद इजरायल जाने भएको छ । आज राति नेपाली विद्यार्थी लिन इजरायल जान लागेको जहाजमा मन्त्री साउद आफैं जाने भएका हुन् ।
त्यसका लागि आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पठाउने निर्णय गरेको कानुनमन्त्री धनराज गुरूङले जानकारी दिए ।
त्यस्तै इजरायलमा रहेका कोही नेपाली व्यवसायिक उडानमार्फत आउन खोजेमा उनीहरूको टिकटको खर्च समेत नेपाल सरकारले बेहोर्ने निर्णय गरिएको मन्त्री गुरूङले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !