TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

प्रचण्ड, ओलीहरुलाई झोंक चलाउने राम कार्कीको यस्तो प्रस्ताव

प्रचण्ड, ओलीहरुलाई झोंक चलाउने राम कार्कीको यस्तो प्रस्ताव

एजेन्सी । गएको २० असोजमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिव राम कार्कीलाई दमन नगरिने विश्वास दिलाएका थिए ।

मुलुकको कार्यकारी प्रमुखको भूमिकामा रहेका प्रचण्डले आफ्नै सहयोद्धाबारे यस्तो टिप्पणी गर्नुपर्ने परिस्थिति भने कार्कीले लेखेको पुस्तक ‘विकल्पः समता, समाजवाद र मुक्त दुनियाँ’ मा रहेको अन्तर्वस्तुले सिर्जना गरेको थियो ।

बुकहिल पब्लिकेसनबाट प्रकाशित २६३ पृष्ठको उक्त पुस्तक विमोचन गर्न पुगेपनि प्रचण्ड प्रसन्न थिएनन् । त्यसैले माओवादीभित्रको आन्तरिक लोकतन्त्र (जनवाद) र सैद्धान्तिक कार्यदिशाबारे राम कार्कीलाई आलोचना गर्ने छुट रहेको टिप्पणी गरे । (मानौं, अरु नेता भए दमनमा पर्थे।)

प्रचण्डको भनाइ थियो, ‘राम कार्की धेरै पहिलेबाटै स्वच्छन्द र अराजक हुन्, त्यो कुरा पुस्तकमा पनि छ । त्यसैअनुसार यो पुस्तकलाई लिनुपर्छ ।’

तर माओवादीसहित नेपालका कम्युनिष्ट पार्टीहरुले समाजवादी बाटो समात्न नसकेको पुस्तकको निष्कर्षलाई चाहिँ प्रचण्डले खण्डन गरे । प्रचण्डको चुनौती थियो, ‘..मलाई गलत सावित गर्नुपर्‍यो, मार्क्सवादी अगाडि आउनुपर्‍यो । एकछिन गाली गरेर त हुँदैन, समाजलाई पनि डोर्‍याउन सक्नुपर्‍यो नि !’

त्यो मन्तव्यमा प्रचण्डले राम कार्कीको स्वभावै आलोचना गरिरहने खालको रहेको पुष्टि गर्ने प्रयास गरे, ‘माक्र्स, लेनिन, माओ र स्टालिनले भनेका सबै कुरा मान्न सकिदैन भन्नुभएको छ । …उहाँ (कार्की) को सोच नै आलोचनात्मक र शंकालु हो ।’

पुस्तक अध्ययन गर्दा पनि प्रचण्डले नाम लिएका नेताहरुले क्रान्तिको कार्यक्रमबारे समेट्न नसकेको पाटो भनेर कार्कीले संक्षेपमै भएपनि कमजोरी औंल्याएको भेट्न सकिन्छ । तर मुख्यगरी समाजवादी अर्थ–राजनीतिक प्रणाली स्थापित गर्न विद्यमान नोकरशाही दलाल पूँजीवादविरुद्ध लड्ने कार्यक्रम कुनैपनि कम्युनिष्ट पार्टीले अवम्बलन गर्न नसकेकामा कार्कीले जोड दिएका छन् ।

सम्भवतः कमजोरी औल्याइदिएकै कारणले पनि हुनसक्छ, प्रचण्डले चतुरतापूर्वक पहिल्यै नै ‘राम कार्की यस्तै हुन्’ भावको सन्देश दिए । तर कार्कीले भने आफूले गरेको प्रस्ताव बमोजिम समाजवादको बाटो नहिँड्ने हो भने सत्यानाश नजिक रहेको चेतावनी दिएका छन् ।
पुस्तकको मुख्य उद्देश्य चाहिँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक मार्गबारे कम्युनिष्ट पार्टीहरु (मुख्यगरी माओवादी र एमाले) भयानक अलमलमा रहेकाले बहस खुला गर्नु नै रहेको देखिन्छ ।

‘समाजवाद के हो ? हामी यसमा सजग बनौं । यदि भएनौं भने ठूलो दुर्घटना पनि हुन सक्छ, नेपालको राजनीतिमा ठूलो खतरा पनि आउनसक्छ, जसरी इटाली र जर्मनीमा आयो’, (पृष्ठ १ मै) कार्कीले लेखेका छन् ।

पार्टी पंक्तिलाई पुस्तकमार्फत् उठाइएको प्रश्नहरूप्रति प्रचण्डले सचेत गराएको सन्दर्भबारे त कार्कीले प्रस्तावनामै लेखेका छन्, ‘स्वार्थको रगत नचाखिसकेका केही दर्जन युवाहरुले मात्र यसलाई पढे र यसमा रहेका अपुगहरु, कमजोरीहरु र भूलहरुलाई खोस्रन थाले भने मेरो प्रयास व्यर्थ गएन भन्ने सन्तोष मलाई अवश्य हुनेछ ।’

०६४ सालयताका प्रकाशित/अप्रकाशित लेख, सम्बोधन र पार्टी महाधिवेशनहरूमा राखेको फरक प्रस्तावहरुलाई ३३ वटा शीर्षकमा समेटेर प्रकाशित कार्कीको पुस्तकलाई मुख्यतयाः तीन भागमा बाँडेर हेर्न सकिन्छ ।

पहिलो– अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको अनुभव र समाजवादी सपनाको अवस्था । दोस्रो– नेपालका कम्युनिष्ट पार्टीहरूको पृष्ठभूमि र अलमल । तेस्रो– कम्युनिष्ट पार्टीहरुमा आवश्यक अपरिहार्य सुधार ।

तर विभिन्न सन्दर्भ र समयमा लेखिएका लेखहरु भएकाले त्यसरी व्यवस्थित ढाँचामा व्याख्या गरिएको छैन । बरु हरेकजसो शीर्षक पुष्टि गर्न माक्र्सवादी दार्शनिकहरुको उद्धरण, अन्तर्राष्ट्रिय संघर्षहरुको सिकाइ, वर्तमान अवस्था र लिनुपर्ने बाटोबारे चर्चा गरिएको छ ।

पुस्तकको मुख्य उद्देश्य चाहिँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक मार्गबारे कम्युनिष्ट पार्टीहरु (मुख्यगरी माओवादी र एमाले) भयानक अलमलमा रहेकाले बहस खुला गर्नु नै रहेको देखिन्छ ।

राजतन्त्रको अन्त्यसँगै सामन्तवादविरुद्ध संघर्षको चरण सकिएको निष्कर्षलाई टेकेर कार्कीले मानव मुक्ति र न्यायको निर्विकल्प विकल्प समाजवाद भनेका छन् । त्यो समाजवादको यात्रा हिँड्दा मानिसमाथि मानिसले गर्दै आएको सबै खाले विभेदको उन्मुलन हुने उनको विश्वास छ ।

तर नेपालका कम्युनिष्ट पार्टीहरुले त्यो मार्ग पहिचान गर्न नसकेको निष्कर्ष पुस्तकमा प्रस्तुत गरिएको छ, ‘अहिले समाजवादी क्रान्तिको प्रश्नमा सबै अल्मलिएका छौं । …पूँजीवादको व्यूहलाई तोड्न जानिएन भने अगाडि बढ्न सकिँदैन । पुँजीवादको व्यूह छेड्न सक्ने सैद्धान्तिक–राजनीतिक आधार तयार पार्नुपर्छ । आजको चुनौती नै त्यही छ ।’ (पृष्ठ २७)

समाजवादी क्रान्तिको कार्यक्रम तयार नगरिकनै झण्डै दुई दशक बितिसकेको र त्यसका समस्या अनेक रुपमा देखिने गरेको प्रसंग पुस्तकमा पढ्न पाइन्छ । कार्कीले समाजवादी क्रान्तिको कार्यभार बोक्नुपर्ने शक्तिका रुपमा माओवादी र एमालेलाई उल्लेख गरेका छन् । ‘एमालेलाई केही जवाफ, केही प्रश्न’, ‘प्रतिक्रान्तिभित्र प्रतिक्रान्ति’ लगायत शीर्षकमार्फत् एमाले र त्यसको नेतृत्वप्रति उति धेरै आश नगरेका कार्कीको बलियो भरोसा माओवादीमै देखिन्छ ।

अधिकांश शीर्षक माओवादी, कम्युनिष्ट आन्दोलन र समाजवादी उद्देश्यमा केन्द्रित गरेर कार्कीले आफ्नो विश्वास प्रष्ट पारेका छन् । सँगै, कमजोरी औंल्याउने पनि माओवादी संगठन र तिनको नेतृत्वप्रति नै बढी गरिएको छ ।

तर कार्कीले रोजा लक्जेम्बर्गको उद्गार सापटी लिँदै निष्कर्ष सुनाएका छन्, ‘राजनीतिक स्वतन्त्रताबिना समाजवाद निसास्सिएर मर्छ ।’ (पृष्ठ १७७) अहिले माओवादीभित्र (एमालेमा पनि) आन्तरिक जनवाद मृतजस्तै हुनुले समाजवादी क्रान्तिको कार्यक्रम तयार पार्न नसकिएको पुष्टि गर्न अनेक शीर्षक र उदाहरण प्रस्तुत गरिएको छ ।

कतिसम्म भने संविधानसभाबाट संविधान जारी हुँदै गर्दा मूल अन्तर्वस्तुहरुभित्रै पार्टीभित्र आवश्यक विमर्श नभएको उनको जिकिर छ ।

कार्कीले कम्युनिष्टहरुले भन्ने गरेको लेनिनको जनवादी केन्द्रीयता पार्टीभित्र कहिल्यै अभ्यास नभएको दाबी गरेका छन् । लेखेका छन्, ‘हाम्रो देशको कम्युनिष्ट आन्दोलनमा जनवादी केन्द्रीयता लागू भएको मलाई थाहा छैन । कुनै साथीलाई थाहा छ भने मलाई समय दिएर एक दिन बुझाइ दिनुहोला ।’ (पृष्ठ ३)

एमालेभित्र केही नेताहरुको सहमतीय र माओवादीभित्र त त्यतिसम्म पनि हुन नसकेको चर्चा पुस्तक पढ्न पाइन्छ । शान्ति प्रक्रियामा आए लगत्तैबाट महाधिवेशनको माग गरिएको सन्दर्भ पुस्तकमा छ । तर नेतृत्वमा विलक्षण क्षमता हुन्छ भनेर स्थापित गराउने प्रयास र तिनै नेतृत्वको (केही नेता) विवेकबाट निर्णय हुँदै आउँदा कम्युनिष्ट आन्दोलन मूलमार्गबाट दायाँबायाँ हुने गरेको कार्कीको विश्लेषण छ ।

जसले माक्र्सवादमाथि विमर्श अवरुद्ध बनेको उनको बुझाइ छ । जनयुद्ध/जनआन्दोलनले केही व्यक्तिलाई नेता बनाएको र उनीहरुको देवत्वकरण नै अहिलेको मूल समस्या मानिएको छ । त्यसरी देवता बन्न पुगेका नेताले माक्र्सवादलाई पूर्ण रुपमा बुझ्दा र बुझाउँदा समस्या आएको निष्कर्ष प्रस्तुत गरेका कार्कीले माक्र्सवादलाई धार्मिक ग्रन्थ नबनाउनासाथ समस्या सुल्झन थाल्ने विश्वास गरेका छन् ।

तर त्यस्तो सुधारका निम्ति नयाँ पुस्तासँग धेरै विश्वास गरिएको छ । ‘सबैभन्दा सिर्जनशील उमेरमै उसले नेतृत्व पाउनुपर्छ, सत्तरी वर्ष पुगेपछि उसलाई महासचिव बनाएर के हात लाग्छ ?’, कार्कीले प्रचण्ड, बाबुराम, मोहन वैद्यहरुको नामै किटेर विभागहरु चलाएर बस्न सुझाव दिएका छन् । (पृष्ठ १४८)

नयाँ पुस्ता नेतृत्वमा आउने, चलायमान (धेरै वटा समिति र चुस्त) समिति बनाउने र समितिहरुमा ब्यापक विमर्श गर्ने संस्कृति विकास गर्दा पुँजीवादविरुद्धको संघर्ष सफल हुने विश्वास पुस्तकमा छ । अर्को प्रस्ताव चाहिँ अहिले जसरी कम्युनिष्ट पार्टीहरुले मजदुर, महिला, विद्यार्थी, युवा जस्ता जनसंगठन कब्जा गरेका छन्, ती संगठनहरुलाई आफ्नो एजेण्डा उठाउन र नेतृत्व चुन्न स्वतन्त्र छोड्नुपर्ने विकल्प दिइएको छ ।

रुसको बोल्सेभिक पार्टीले सोभियत संघ कब्जामा लिए जस्तै जनसंगठनहरुलाई कब्जामा लिँदा कसैले पनि आफ्नो एजेण्डा उठाउन नसक्ने अवस्थामा पुगेको निष्कर्ष कार्कीले प्रस्तुत गरेका छन् । महिलाले महिलाको कुरा गर्न नसक्ने, मजदुरले मजदुरको र विद्यार्थी संगठनले विद्यार्थीको कुरा उठाउन नसक्नुको मूल समस्या विद्यमान पार्टी प्रणाली नै रहेको उनको ठम्याइछ ।

अर्थात् अहिले जसरी प्रचण्ड र केपी ओलीले पार्टी चलाइरहेका छन्, कमिटी र कार्यकर्ता बनाइरहेका छन् । त्यो तरिकाले पुँजीवादविरुद्ध लड्न सकिन्न, समाजवादी मार्ग तय हुँदैन । केही प्रशंगमा त अलग्गै राजनीतिक कार्यदिशा प्रस्तुत गरेर भन्दा पनि ‘बाघचाल’ चालेर पार्टीको नेतृत्वमा पुगेका नेता भनेर लेख्न समेत बाँकी राखिएको छैन ।

अनि यस्तो निष्कर्ष समेटिएको पुस्तकमाथि बहस गरौं भन्ने प्रस्ताव समेटिएको पुस्तक लेख्ने राम कार्कीप्रति प्रचण्ड खुसी हुने कल्पना अस्वभाविक हुन जान्छ ।

ShareTweetShare

सम्बन्धित खवर

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
अन्तर्राष्ट्रिय

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…
खेलकुद

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
banner news

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !
आर्थिक

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

4 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

4 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

4 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

4 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

4 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

4 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved