एजेन्सी । शक्तिको आराधनाको पर्व चैत्र नवरात्र सुरु हुन लागेको छ । नवरात्रि मार्च २२ बाट सुरु भई ३० मार्चमा महागौरीको पूजा गरेर समापन हुनेछ ।
यो वर्ष नवरात्रिको नौ दिनमा ९ वटा महान् संयोग जुरेको छ । यस्तो अवस्थामा यी दिनहरूमा व्रत बसेर देवीको आराधना गर्नाले मनोकांक्षा पूरा गर्न सकिन्छ । यसका साथै देवीको आशीर्वादले तपाईको जीवनका सबै दुःख कष्टहरु हटेर धन–समृद्धि पनि मिल्नेछ ।
यस पटकको नवरात्र नौ दिनको हुने काशीका विद्वान तथा ज्योतिषी पण्डित सञ्जय उपाध्यायले बताए । यसै क्रममा २३, २७ र ३० मार्चमा सर्वार्थ सिद्धि योग बनिरहेको छ । यसका साथै २४, २६ र २९ मार्चमा रवि योग बनिरहेको छ । अर्कोतर्फ मार्च २७ र ३० मा अमृतसिद्धि योग र ३० मार्चमा गुरु पुष्य योग बन्दैछ । ग्रहहरूको यो महासंयोग मनोकामना पूरा गर्नका लागि हुनेछ ।
नयाँ वर्ष सुरु हुने
यसका साथै यस योगमा देवीको आराधना र व्रत गर्नाले भक्तजनको मनोकांक्षा पनि पूरा हुनेछ । नवरात्रिमा ग्रहहरूको महासंयोगले देशको विकासको नयाँ मार्ग पनि खोल्नेछ । यसका साथै यस वर्ष राम्रो बाली पनि हुनेछ ।
इच्छाहरू पूरा हुनेछन्
नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा आराधना गर्ने चलन छ । यस दिन घर घरमा कलश स्थापना गरेपछि पूजा आरम्भ हुन्छ । यसका साथै नवरात्रिको नौ दिनमा देवीको विभिन्न रूपको पूजा–आराधना गर्नाले भक्तजनको मनोकामना पूरा हुन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !