काठमाडौं । गण्डकी प्रदेशमा फेरी पनि मुख्यमन्त्रीका रुपमा पृथ्वीसुब्बा गुरुङ नै आएका छन् । राष्ट्रिय जनमोर्चाले दाउ खेलेपछि उनी फेरी मुख्यमन्त्रीको सपथ खान लागेका छन् । मुख्यमन्त्री दावी पेश गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेकै सरकार बन्ने भएको हो ।
जनमोर्चामा आएको राजनीतिक खिचलोले गुरुङलाई फाइदा भएको हो । जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले आफू तटस्थ रहेको भन्दै आफूलाई दलको नेताबाट हटाइएको कार्यलाई मान्यता नदिन पत्र पठाएपछि घटनाक्रम अर्कैतिर मोडिएको थियो । उनलाई पार्टीले दलको नेतावाट हटाउने निर्णय गरेको थियो ।
त्यस लगत्तै जनमोर्चाका अकां सांसद खिमविक्रम शाही पनि पार्टी ह्वीप विरुद्धमा उत्रिए । उनले पनि आफू गठबन्धनमा नरहेको वक्तव्य दिएपछि कांग्रेसले वहुमत देखाउन सकेन । ठूलो दलको हैसियतले पृथ्वीलाई नै मुख्यमन्त्रीको सपथ ग्रहण गराउन लागिएको छ ।
सपथग्रहणका लागि गुरुङ प्रदेश प्रमुखको कार्यालयमाा पुगिसकेका छन् । संविधानको धारा १६८ (३) अनुसार पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।बुधवार अपरान्ह ४ बजेसम्मको समय भित्र कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको पत्र लिएर पोखरेल प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !