काठमाडौंको गुहेश्वरीमा श्रीमतीको ह’ ‘त्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। बुधबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थित गुहेश्वरीको एक घरमा घटना भएको प्रहरीले जानकारी दिएको छ।
उदयपुर वेलका नगरपालिका वडा नम्बर ४ माइती भएकी २३ वर्षीया रन्जु तामाङको ह’ ‘त्या भएको हो। उनी गर्भवती थिइन्। आरोपमा प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३९ वर्षीय राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले गुह्यश्वरीस्थित बागमती प्लान्ट नजिकै फ्ल्याट डेरामा लिएर बसेका थिए।
महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक सिंहका अनुसार राम श्रेष्ठले श्रीमतीको घाँ’ ‘टी र मु’ख थि’चे’र घटना घटाएका हुन्। श्रीमती ओछ्यानमा मृत भेटिएकी थिइन्।
‘उनीहरूबीच बिहान वि’वा’द भएको रहेछ। त्यसैक्रममा श्रीमानले श्रीमतीको ज्या’न लि’एका रहेछन। घटनाबारे राम श्रेष्ठ आफैंले प्रहरीलाई खबर गरेका थिए। उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरी आफूले श्रीमतीको ज्या न लिएको जानकारी गराएका थिए।
खबरपछि महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा राम श्रेष्ठ कोठामै चुकुल लगाएर बसिरहेका थिए। प्रहरी पुगेपछि मात्रै उनले कोठाको चुकुल खोलेका थिए। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको बताएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !