लगातारको चार दिनको सकृयता, तनाब र कर्तब्य आजबाट पुरा गरियो । कहिले यस्तो फेरि नहोस् ।
इजरायलमा रहेका नेपाली साथीहरु धेरैको भुमिका, साथ र सकृयताले नै आज यो सम्भव भयो । दुखका कुरा धेरै छन, गुमाईयो केहिलाई तर पनी उच्च मनोवल बढाउदै बाचेकालाई थोरै भए पनि खुसि अनुहारमा दिलाउन सफल भईयो ।
जिन्दगी लामो छ भाई बहिनिहरु राम्ररी जानुहोला, जिन्दगीको मोडमा कुनै दिन भेट भएछ भने दुःख र सुखका कुरा लेखौला बाढौला साटौंला ।
ती १० जना मृतक भाईहरुका चितकार आवाज, दुखमा झरेका आँशुले कति दिन सताउछ थाहा छैन तर यस्तो अवस्थाको कथा अब सधैलाई बन्द बन्द बन्द बन्दनै हुनुपर्छ ।
यो अभियानमा एक टिम भएर लाग्ने खट्ने सबै र विशेस एउटा पिल्लरको भुमिका खेल्ने आदरणिय दाई Dipak Prasad Oli लाई सम्भवत इजरायलका नेपालीहरुले कहिल्यै भुल्ने छैनन् ।
नाम मेन्सन गर्नुनै पर्ने धेरै हुनुहुन्छ तर पनि छुटाउनै नसकिने नाम Nepal Embassy Tel Aviv, Bikalp Shahi, Parshu Niraula, Shree Krishna Bhandari, Bless Bless Aain Yongya Limbu, Prabin Angbung, Limbu Pemba, Dolma Hyolmo, Sunita Gurung, Arun Lama लगायत अन्य धेरैको योगदान सम्झन लायक रहेको छ । यस्तै ५२ जना रहेको इजरायल नेपाली फुटवल टिमको एकता यसपटक बिर्षनै नसकिने बन्यो ।
इजरायलमा रहेका सबैको सहकार्य, नेपाली मिडिया र नेपालमा रहेका मिडियाका साथिहरुको सहकार्यले नै यो सम्भव रहेको कुरा नकार्न सकिदैन ।।
अत्यमा भाईबहिनीहरुलाई शुभयात्रा । घाईतेहरुको शिध्रस्वास्थ लाभको कामना ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !