काठमाडौं । एमसीसी कम्प्याक्ट अन्तरगत नेपालको प्राकृतिक स्रोतको दोहोन गर्न शुरु भएको छ । दाङमा एमसीसी कम्प्याक्टका नाममा अनधिकृत रुपमा १४०० रुख काटिएको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय समिति गठन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) सावित्रा पुनको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिमा जिल्ला वन कार्यालयका अधिकृत, सडक विभागका सिनियर डिभिजनल इन्जिनियर, अनुसन्धान अधिकृत लगायत रहेका छन् ।
करिब चार साताअघि दाङको लमही–भालुवाङ सडकको सीमांकनमा पर्ने करिब १४०० वटा रुख रातारात काटिएको थियो। सडक विस्तारको कुनै योजना नरहेको ठाउँमा रुख काटिदा शंकास्पद रुपमा हेरिएको छ ।
एमसीसी कम्प्याक्ट अन्तर्गत दाङमा ७७ किमी सडक मर्मत गर्ने योजना छ । यही ७७ किमीभित्र यो खण्ड पनि पर्छ । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नै तयार नभएको स्थानमा रुख काटिएको भन्दै विरोध गरिएको छ । त्यस्तै, शंखरापुर–३ नगरपालिका अन्तरगतको सब स्टेशन निर्माणको विरोधमा १२ दिनदेखि आन्दोलित छ । गाउँलेले आफ्नो गाउँमा सब स्टेशन निर्माण गर्न नहुने माग राखेका छन् ।
बिहीबार प्रहरीको सहयोगमा नेपाल विद्युतय प्राधिकरणले सब स्टेशन निर्माण सुरु गरेको छ । शंखरापुर नगरपालिका– ३ मा पर्ने बोझनीको करिब २ सय रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सब स्टेशनले आफ्नो उठिबास लाग्ने भन्दै स्थानीयबासिन्दाले विरोध गरिरहेकाछन् । २०७४ देखि नै सुरु भएको यो आयोजनाको स्थानीयबासीले सुरुवातदेखि नै विरोध गर्दै आईरहेकाछन् ।
यो सब स्टेसनले माथिल्लो तामाकोशीसँगै एमसीसीले निर्माण गर्ने प्रसारण लाइन र भक्तपुरको खरिपाटीस्थित वितरण केन्द्रलाई जोड्नेछ । आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरेको, मानव बस्तीको बिचमा सब स्टेशन निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !