डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति ,अमन कुमार देव को निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको रिभेन्ज मुविको विशेष शो यहि मंसिर ४ गते इटहरी को इलाइट सिनेमा मा हुने भएकोछ।
रबिन श्री,विशाल अग्रवाल , रेनु थापा, प्रीतिका शर्मा, पदम सुनार, गङा कुवर, पुस्पराज नेपाल ,खगेन्द्र घिमिरे र आर जे भिलेनको अभिनय, कृष्ण पाण्डे को छायांकन, देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य रहेकाे छ ।
बिश्वास भण्डारी र अन्जली थापाको सम्पादन मा शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेकोछ भने नित्याशिवा, दिपक लिम्बू, पुर्ण सापकोटा को स्वर मा सुभाष गौतम र शंकर अधिकारी घायल को गीत रहेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !