२७ मंसिर, दाङ । दाङमा फेरि यतिबेला यस्तो दुःखद घटना घटेको छ । दाङको एक कोइलाखानीमा च्यापिँदा एक जना मजदूरको मृत्यु भएको छ ।
सोमबार घोराही उपमहानगरपालिका-१ दाङ्जा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने घोराही-१९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार खानीको सुरुङभित्र च्यापिँदा गम्भीर घाइते भएका घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !