TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

न्यायाधीश बनाउन करोडौंको डिल, विदेशसम्म दौडधूप

न्यायाधीश बनाउन करोडौंको डिल, विदेशसम्म दौडधूप

काठमाडौं, २३ मंसिर । सरकारी वकीलबाट न्यायाधीश नियुक्ति हुँदा आफूभन्दा कनिष्ट विश्वम्भर श्रेष्ठभन्दा जुनियर बनाइ न्याय परिषदले अन्याय गरेको, परिषदले क्याडर न्यायाधीशमाथि सधैँ अन्याय गर्ने गरेको, दलीय भागबन्डा, नातागोता र पैसाको चलखेलमा पुनरावेदनरउच्च र सर्वोच्चमा न्यायाधीश नियुक्त गर्ने गरेको जस्ता कारण भ्रष्ट्रिकरणतर्फ उन्मुख न्यायपरिषद खारेज हुनुपर्छ भन्दै चर्को आवाज उठाउने मध्येका थिए ईश्वर खतिवडा । तर, आफैँ न्याय परिषद पुगेपछि भने नातागोता, पैसा र दलीय भागबन्डालाई झन् संस्थागत गरेको सर्वोच्चका न्यायाधीशहरूले चर्चा गर्ने गरेका छन् ।

परिषद सदस्यहरूको नालिबेली

विश्वम्भर प्रसाद श्रेष्ठ:
डोटी घर भएका श्रेष्ठ भेगीय हिसाबले काँग्रेस सभापति शेरबहादुर देउवा निकट भानिन्छन् । न्याय सेवाको अधिकृतबाट आएका यिनी क्याडर न्यायाधीश हुन् । २०७२ सालमा यिनी आफूभन्दा वरिष्ट बमकुमार श्रेष्ठ, पुरुषोत्तम भण्डारी लगायतलाई पाखा लगाइ प्रधानन्यायाधीशको रोलक्रममा रहने गरी सर्वोच्च भित्रिए । यसको मूल कारण थियो तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठकी पत्नी र यिनकी पत्नी नातेदार हुनु । हरिकृष्ण कार्कीले ८ महिना सर्वोच्चको नेतृत्व निलिएको हुन्थे भने यीनी २ वर्षभन्दा बढी प्रधानन्यायाधीश बन्नेथिए ।

सधैँ लोप्रोफाइलमा बस्ने, कम बोल्ने, चाकरीप्रथा अँगाल्ने, विवादबाट बँच्न निर्णय नगरी मुद्दा पन्छ्याउने, मौकामा चौका हान्ने यिनको बानीसँग सहकर्मीहरू परिचित नभएका होइनन् । उनलाई अदालतमा माथिल्लो तहमा पुगेकाहरुले बर्को ओडी घ्यु खाने,का रुपमा चिन्छन् । मुद्दामा पनि यिनी माहिर मानिन्छन् । चोलेन्द्रलाई चाकरी गरी साली मेरिना श्रेष्ठलाई २०७६ मा उच्च अदालतको न्यायाधीश बनाउन सफल भएको विषय सधै चर्चामा छ।

धनराज गुरुङः
तरूण दलमा छँदै रातो पासपोर्ट काण्डमा कुख्याती कमाएका यिनी मुद्दा हारेको खण्डमा निर्वाचन कानून अनुसार चुनावमा उम्मेदवार बन्न ठाडै अयोग्य हुने भएकोले साम, दाम, दण्ड, भेद प्रयोग गरी त्यतिखेर मुद्दा हेर्ने न्यायाधीशलाई राजनीतिक र आर्थिक प्रभावमा पारी सफाइ पाउन सफल भए । यिनकी श्रीमती ज्योति गुरुङ ललितपुरस्थित भु.पु. सैनिकहरूद्वारा सञ्चालित एक सहकारीको म्यानेजर भएको बेला करोडौँ अपचलन गरी ठगी मुद्दामा थुनामा गएपछि रातो पासपोर्ट काण्डको मुद्दा जित्दा प्रयोग गरेको सुत्र अप्नाइ धरौटीमा छुटाएपछि नक्कली सम्बन्धविच्छेद गरी अमेरिका पठाइ सारा निक्षेपकर्ताहरूको आँखामा छारो हाल्न सफल भएका छन् ।

पत्नी अमेरिका, छोरालाई अष्ट्रेलिया, सालोलाई हङकङ सेटल गराइ उनीहरूमार्फत आर्थिक कारोबार गर्ने गरेका छन् । सुरुमा रामचन्द्र पौडेलको कोटरीमा रहेपनि काँग्रेसको आन्तरिक गुटमा डा. शेखर कोइरालाको पक्षमा रहेर उपसभापति र उनकै कोटामा मन्त्री बन्न सफल भएका हुन् । उनी कानूनमन्त्री भएपछि आफन्त, नातेदार र जिग्री साथीलाई न्यायाधीश नियुक्ति, सरूवामा पैसा उठाउन गोप्य रूपमा परिचालन गरेको कुरा उनकै नजिकका मानिसहरू बताउँछन् ।

ईश्वर खतिवडाः
उदयपुरमा जन्मेका खतिवडा विद्यार्थी कालमा तत्कालीन एमालेको कार्यकर्ता थिए । उनका सहपाठीहरू हालपनि एमाले पृष्ठभूमिका छन् । न्यायाधीश बन्दा विश्वम्भरभन्दा जुनियर बनाइएका यिनी ओलीको नजिक भएकै आधारमा सर्वोच्च छिर्दा आफ्नो खोसिएको वरिष्ठता पुनस्थापित हुने आस्वासन पाएपनि तिनै ओली प्रधानमन्त्री, अग्नि खरेल कानूनमन्त्री भएको बेला विश्वम्भरलाई उछिन्नु त कता हो कता उल्टै आफ्नो अगाडि जबरजस्ती हरिकृष्ण कार्कीलाई घुसाएपछि ओली र एमालेसँग आगो भए ।

पारिवारिक नातेदार एवं एमालेबाट फुटेको समाजवादी नेता जगन्नाथ खतिवडाको कारण माधव नेपालले आफू ओलीजस्तो धोकेबाज नभएको, संसद विघटनको मुद्दा जिताइदिएमा गठबन्धनले प्रधानन्यायाधीश बनाइदिने आस्वासन पाएपछि त्यतै लहसिए । चोलेन्द्रलाई बहिष्कार गर्ने आन्दोलनको नेतृत्त्व गरे, अमेरिकादेखि इमेल पठाइ सहकर्मी न्यायाधीशहरूलाई प्रभावित पारी अन्तमा ओली हराइ गठबन्धनलाई मुद्दा जिताउन सफल भएपनि त्यही गठबन्धनबाट धक्का खाएपछि विश्वम्भरलाई उछिनेर प्रधानन्यायाधीश बन्न पाइन्छकि भनी पुन ओली नजिक भए ।

कोशीको मुख्यमन्त्रीको मुद्दामा काँग्रेसलाई हराइ ओलीलाई सहयोग गरेपछि संवैधानिक परिषदमा ओलीले ईश्वरको नाम प्रधानन्यायाधीशको लागि लिएपनि गठबन्धनकै असहयोगको कारण सफल भएनन् ।

वकील छोरा अपूर्व खतिवडामार्फत मुद्दामा चलखेल गर्ने गरेको आरोप लाग्ने गरेको छ । खासगरी राजस्व न्यायाधीकरण, विशेष अदालत र ठूलो बिगो भएका सर्वोच्च, उच्च र जिल्लाका मुद्दामा अपूर्वको उच्चतम् चलखेल हुने गरेको छ । हरिहर दाहाल, शम्भु थापा, रमनकुमार श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ जस्ता सिन्डिकेटधारी वकीलहरू मुद्दा जित्न अपूर्वलाई नै वकील राख्ने गरेको मिसिल अध्ययन बाट छर्लङ्ग हुन्छ । यिनकै साठगाँठमा टेकप्रसाद ढुङ्गाना, महेश शर्मा पौडेल, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल सर्वोच्च र श्रीकान्त पौडेल उच्चको मुख्य न्यायाधीश र टेकनारायण कुँवर विशेष अदालतको अध्यक्ष बन्न सफल भए ।

रामप्रसाद श्रेष्ठः
एमाले निकट धराने रामप्रसाद श्रेष्ठ पार्टी फुट्दा माधवकुमार नेपालको दलमा लागे । वकालतमा नजमेपनि बेलैमा लाइसेन्स लिएको कारण आफूलाई वकील हुँ भनी तत्कालीन बार अध्यक्ष हरिकृष्ण कार्की महान्यायाधिवक्ता भएपछि सुनिल पोखरेल महासचिव भएको बेला बारको सिफारिसमा न्याय परिषद सदस्य भएका उनी २०७२ को संविधान आएपछि कल्याण श्रेष्ठको कारण पजनीमा परे । पेसा नचलेका तर न्याय परिषदको रसास्वादन गरिसकेका उनी येन केन प्रमारेण फेरि परिषदमा जाने दाउपेचमा लागे । चण्डेश्वर श्रेष्ठ बार अध्यक्ष भएको बेला उनी पुनः बारबाट परिषद जान तम्सिए, उनको तगारो बनेर खडा भए एमालेका आधारकारिक वकील महेश नेपाल । तत्कालीन बारको समीकरणमा माओवादी र काँग्रेसको भोट पाइ दोस्रोपटक पनि परिषद सदस्य पड्काउन सफल भए ।

चोलेन्द्रको पालामा यिनले ब्रम्हलुट मच्चाए । भागबन्डामा उच्च र सर्वोच्चको नियुक्ति गर्दा करोडौँ कुम्ल्याइ ढाडिएर बसेका उनी न्यायाधीश मात्र होइन मुद्दा डिल गर्न पनि माहिर मानिन्छन् । आफ्नो काम नगरिदिने न्यायाधीशलाई परिषदमा उजुरी हाल्न लगाइ धम्की दिने गरेको स्वयं जिल्ला र उच्चका न्यायाधीशहरू बताउँछन् । ब्ल्याक लेबलका पारखी यिनी परिस्थिति अनुसार एककप चियामा पनि जात फाल्ने स्वभाव भएका वकीलहरू बताउँछन् । उमेरले ८० नाघेका उनी परिषद सदस्य बन्न संविधान विपरीत हुने भनी दायर रिट ढोंगी स्वभावका डा। आनन्दमोहन भट्टराईको एकल इजलासले खारेज गरिदिएपछि संविधानविपरीत पदमै टाँसिइरहन सफल भएको न्यायपालिकामा बदनाम छन्।

रामप्रसाद भण्डारी “सम्भव”:
बामपन्थी पृष्ठभूमिका गुठी माफियासँग जोडिएका भण्डारी सरकारी वा राजगुठीलाई निजी गुठीमा परिणत गरी सारा देवीदेवता, मठमन्दिरको नाममा भएका जग्गा व्यक्तिको नाममा ल्याउने गिरोहका मानिन्छन् । आफ्नोमा आएपछि असम्भव पनि सम्भव हुने प्रचार गर्ने उनी नामको पछाडि “सम्भव” लेख्न रुचाउँछन् । चोलेन्द्रको भाइ प्रभु समशेरसँग लागि उपत्यकाका गुठी मुद्दाहरूमा चलखेल गरेपछि तत्कालीन परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोभिडले मृत्यु भएपछि अपुतालीमा प्रधानमन्त्री ओलीको कोटामा परिषद सदस्य भएका हुन् ।

उमेरले ७६ काटेका यिनीपनि परिषद सदस्यको लागि संविधानले तोकेको योग्यता नाघेपनि आनन्दमोहनको उही मुद्दालाई नजिर बनाइ जागरि खान सफल भएका हुन् । उनी परिषदमा आएपछि न्यायाधीश नियुक्ति, सरूवा, कारबाहीमात्र नभई मुद्दामा पनि प्रभावित पार्न सक्ने भएपछि उनी चोलेन्द्र(ओलीको सेटिङमा पसेका भूमाफियाको रूपमा चिनिन्छन् ।

नियुक्तिमा चलखेलः

चोलेन्द्र समशेरको विरोध, सर्वोच्च अदालतका न्यायाधीशको उन्नाइस दिन लामो हड्ताल, हरिकृष्ण कार्कीको अवैधानिक नियुक्ति र उनको अक्षमताको कारण अस्तव्यस्त न्यायालयको कारण रिक्त रहेका थुप्रै उच्च र सर्वोच्चको न्यायाधीश पदमा नियुक्तिको लागि परिषद सदस्यहरू, तिनका आफन्त, नातेदार र बिचौलीयाहरू लिलाम बढाबढमा भएकै बेला गठबन्धनको मुद्दा ठेक्का मिलाउन सफल भएको भनी देउवालाई भ्रम छर्न सफल माकुनेका सम्धी सोमप्रसाद पाण्डेका साढुभाइ गोविन्द बन्दीले संविधान विपरीत ६ महिने कानूनमन्त्री पड्काएपछि सालो र वकील पत्नीमार्फत खुलमखुला करोडौँ उठाइ कार्कीबन्धु दीपककुमार र हरिकृष्णलाई थाङ्गनामा सुताइ सर्ट लिष्टिङको नाममा टेन्डरका मान्छे न्यायाधीशको लिष्टमा राखे । ६ महिने मन्त्री हुँदा कमाएको कुस्त पैसाले उनी हाल गायक रामकृष्ण ढकालको सहकारीले लिलाम गरेको ललितपुरस्थित अलिसान बङ्गला किनी राजसी ठाँटमा बसेका छन् । त्यतिमात्र होइन उनले भक्तपुरमा रोपनी जग्गापनि जोडेको स्रोत बताउँछ ।

भागवण्डा मिलाउन धनराज र ईश्वरको विदेशयात्रा
कानून मन्त्रीमा धनराज गुरुङ आएपछि विश्वम्भर श्रेष्ठले उनीसँग मिली हरिकृष्णको कार्यकालभरि परिषदको बैठक बोलाउन नदिएपछि थुप्रिएको न्यायाधीशको रिक्त पदमा चलखेल गरिरहेका छन् । उनले हरिकृष्ण कार्कीलाई न्यायाधीश नियुक्ति गर्न योजनावद्ध तरिकाले दिएनन् । अहिले नियुक्तिमा हालीमुहाली गरिरहेका छन् ।

प्रधानन्यायधीशदेखि परिषदका सबै पदाधिकारी पालैपालो विदेश भ्रमाणमा गए । दशैँ अघि रामप्रसाद श्रेष्ठ १ महिनाभन्दा लामो अवधि अमेरिका गएभने अर्का राम प्रसाद भण्डारी खाडी मुलुक गए । प्रधानन्यायाधीश नबन्दै विश्वम्भर श्रेष्ठ अमेरिका गएभने प्रधानन्यायाधीश भएपछि चीन गए । कानूनमन्त्री यहीबीच गुपचुप रूपमा एकपटक अष्ट्रेलिया र २ पटक अमेरिका गए । ईश्वर खतिवडा र धनराज गुरुङ अहिलेपनि जापानमा सँगै छन् ।

लामो समयसम्म न्यायाधीश नियुक्तिमा भागबन्डा नमिल्नु, पदाधिकारीले आ-आफ्ना लिष्ट बोकी छुट्टाछुट्टै डिल गर्नु, नियुक्तिको मुखैमा पटकपटक पालैपालो वा संयुक्तरूपमा विदेश जानु, न्यायाधीशका आकांक्षी, व्यापारी, नियुक्तिमा एनआरएन र परिषद पदाधिकारीका आफन्तको शङ्कास्पद चलखेल, विदेशबाट फर्केलगत्तै नियुक्तिमा सर्वपक्षीय सहमति हुनु संयोग मात्र होइन । यसै पनि ठूला डिलहरु विदेशमै बस्ने र विदेशमै घूसको लेनदेन हुने एकपछि अर्को घटना बाहिर आइरहेका छन् ।

सर्वोच्चमा नियुक्त टेकप्रसाद ढुङ्गाना, महेश शर्मा पौडेल, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले ठूलै आर्थिक चलखेल गरेको विश्वस्त स्रोतले बताएको छ । पदका लागि पावर र पैसा खुबै चलेको खुल्दै गएको छ । नियुक्तिको मुखैमा पिएसमेत लिएर अष्ट्रेलिया हान्निएका धनराज उतै टेकप्रसाद ढुङ्गाना र महेश शर्मा पौडेलको डिल पक्का गरी अष्ट्रेलिया रहेका छोरा विभाषमार्फत आर्थिक व्यवस्थापन गरी फर्किएको विश्वस्त स्रोतले बताएको छ ।

सुनिल पोखरेल र बालकृष्ण ढकालसँगको डिल गर्न फेरि पिए बोकी अमेरिका गएकोे खुलेको थियो । सिधै क्यालिफोर्नियाको सानफ्रान्सिस्को, बर्कलेस्थित हिल्टनको डबल ट्रि होटलमा पोखरेल थरका आफन्तले बुक गरिदिएको होटलमा बसी डिल सम्पन्न गरेका थिए । उनी २ रात होटलमा बसेपनि डिलको कामबाहेक कोठाबाट बाहिर ननिस्की एनआरएन र स्थानीय काँग्रेस कार्यकर्ताबाट पनि लुकीछिपि बसेका थिए । त्यसपछि ढकाल थरका वकीलको डिल गर्न न्यूयोर्क पुगेको विश्वस्त स्रोतले बताएको छ । बालकृष्ण ढकालले कल्याण श्रेष्ठमार्फत् डिल मिलाएको विश्वस्त स्रोतले बताएको छ ।

त्यसपछि शरणार्थी आवेदन दिएर लुकीछिपि बसेकी पत्नी ज्योति बसेको न्यूयोर्ककै बफेलो गएको प्रत्यक्षदर्शीले बताए । अमेरिकाको डिलको कारोबारको व्यवस्थापन स्याङ्गजा घर भएका एक नवधनाढ्य एनआरएनमार्फत भएको बताइन्छ ।

पोखरेललाई न्यायाधीश बन्न ठूलो धनरासी आनी छोइङ डोल्मामार्फत धनराशी आएको स्रोत बताउँछ । चर्चित भुटानी शरणार्थी काण्डमा पनि आनीको नाम मुछिएपनि उनी सिआइबी प्रमुख किरण बज्राचार्यसँगको कुरा मिलाएर उन्मुक्ति पाउन सफल भएकी थिइन् । नेपालमा लुकीछिपि बसेका तिब्बतीलाई भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउन आनीको प्रत्यक्ष संलग्नता थियो । उनको नागरिकता पनि नक्कली भएको, बुढानीलकण्ठ नगरापालिकाबाट उनको नागरिकताको लागि सिफारिस गरे भनिएका घरबेटी र स्थानीयले उनी त्यहाँको बासिन्दा हुँदै नभएको मुचुल्का उनको नागरिकता मुद्दाको मिसिलमा छ । उनको नागरिकता मुद्दाको वकील उनै सुनिलकुमार पोखरेल थिए । पोखरेलकै सहयोगमा आनीको मान्छेहरूलाई बालकृष्ण खाँडसमक्ष पुर्‍याउने काम भएको काण्डका जानकार बताउँछन् । आनी र धनराजको सम्बन्ध पनि निकै गाढा भएको उनीहरू दुवैलाई जान्नेहरू बताउँछन् ।

टेकप्रसादको कनेक्सन
प्रधानन्यायाधीशको रोलक्रममा बस्नको लागि २०७२ को संविधानमा धारा १०० मा उपधारा (६) थपी सिनियर पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीशलाई जागिरबाट निकाल्न सफल टेकप्रसाद हिन्दू धर्म समाप्त पारी होली वाइन सुवास नेम्बाङ्गको निर्देशनमा धर्मनिरपेक्षको वाक्यांश सुटुक्क थप्ने खलपात्र हुन् । संविधान र कानूनको छेडखानीको हरेक चलखेलमा एमालेले सहयोग लिने पात्र हुन् टेकप्रसाद । उनलाई प्रधानन्यायाधीशको लाइनमा राखी सर्वोच्चमा नियुक्ति गर्ने निर्देशन ओलीमार्फत् पुगेको बुझिएको छ । उनलाई अपूर्वको पनि साथ मिलेको थियो । तर कानूनमन्त्री धनराजको गृहजिल्लाको एमाले पूर्व कार्यकर्ता टेकप्रसादलाई सर्वोच्च ल्याउन बाधक बने धनराज ।

स्याङ्गजाका स्थानीय काँग्रेसी र न्यायाधीश र न्यायसेवामा कार्यरत जिल्लावासीको चर्को विरोध गुरुङले थाम्न सकेनन् र कुनैपनि हालतमा ढुङ्गाना हुँदै हुँदैन भनी अड्डी कस्न थाले । यसो भएपछि ईश्वरले ढुङ्गानालाई जुक्ति सिकाइदिए । जुक्ति प्रयोग गरी अष्ट्रेलिया डिल गराएपछि उनको सर्वोच्चको लाइन मिल्यो । उच्चको न्यायाधीशको निकै तल रहेका टेकप्रसाद ढुङ्गानालाई नियुक्ति गर्न विश्वम्भरले पनि आनाकानी गरेका थिए । त्यसको लागि कल्याण अस्त्र ढुङ्गानाले प्रहार गरेपछि विश्वम्भरको अनिच्छा ठाउँको ठाउँ ठहरै भयो ।

अनि थारू समुदायका सत्यमोहन जोशी थारू र पिएचडी गरेका दलित समुदायका सिनियर रत्नबहादुर बाग्चन्दलाई उछिनेर नियुक्ति गर्दा समस्यामा पर्ने डरले टेकप्रसादको लागि बाधक भएको सिनियरिटी सिफारिसको पूर्वसन्ध्यामा न्याय परिषद नियमावली संसोधन गरी जालझेलपूर्ण तरिकाले मेटाइयो, गठबन्धन बारले सुरुमा एक बक्तव्यमार्फत विरोध गरेजस्तो गर्‍यो पछि घिउ बेचुवा र तरबार बेचुवाको स्वार्थ मिल्यो, सबै सामसुम, चुपचाप लागे ।

एकै ठाउँमा ससुराली भएका नहकूल चोलेन्द्रै पालामा सर्वोच्च छिरिसेकपछि ससुरालीको दबाबमा परेका महेश शर्मा पौडेल साम, दाम, दण्ड, भेद प्रयोग गरी सर्वोच्च छिर्ने मौकामा थिए । अपूर्व गोटी उनलाई फाप्यो । फेरि अष्ट्रेलिया डिल भएपछि त उनको बाटो झन् साफ भयो । उच्चमा बस्दा अपूर्वलाई खुसी पारेका पौडेल ईश्वरको राजमा सर्वोच्च छिर्नेमा ढुक्क थिए ।

टेकप्रसादलाई राजश्व माफियाको साथ
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारि टेकप्रसाद ढुङ्गानाको बारेमा नेपालीपेनले यसपूर्व प्रकाशित गरेको समाचार संसदीय सुनुवाइ समितिमा ढुङ्गानाको पूर्व सहकर्मी राजस्व न्यायाधीकरणका पूर्व सदस्य पुष्पप्रसाद गुरागाईँको उजुरीले थप पुष्टि गरेको छ । मारबाडी, व्यापारी र ठूला घरानाले राजस्व छलेका मोटा मुद्दाका पक्षबाट एमाले दललाई चुनावमा चन्दा, ईश्वरपुत्र अपूर्वमार्फत चलखेल, अष्ट्रेलियामा बुझाएको धनरासी सङ्कलन गरेको प्रमाणित भएको छ ।

अनिवार्य रूपमा दाखिला गराउनुपर्ने धरौटी नराखेरै मालदार मुद्दाको सुनुवाइ अगाडि बढाएको, १६ वर्षेखि फैसला नभएका मुद्दाहरूमा गलत नियतका साथ न्यायाधीकरणबाट फैसला गराएको, राजस्व न्यायाधीकरण ऐन, सर्वोच्च अदालतको व्याख्या, आर्थिक ऐन, नियमसमेतको बेवास्ता गरी फैसला गरी राजयकोषमा करोडौँ रकम नोक्सानी गरेको उजुरी एकै इजलासका सदस्यबाट आउनु गम्भिर अभियोग मानिन्छ ।

उनको नियुक्तिका पछाडि भविष्यमा पनि राजश्व छल्ने गिरोहकै न्यायालमा प्रभाव राख्ने रहेको देखिन्छ । स्वतन्त्र संसदीय सुनुवाइ समिति हुँदो हो त उनको नाम कदापि सर्वोच्चको न्यायाधीशको लागि सिफारिस हुने थिएन, तर माफिया राज्यमा परिणत गराउन लागिएको देशमा जेपनि सम्भव छ । कानून प्रतिकूल चरित्र देखिएकोले पदीय आचरण तथा कर्तव्य र जिम्मेवारी तथा जवाफदेही बहन नगरी तथ्य लुकाइ फैसला गर्ने भ्रष्ट्राचारी व्यक्ति सर्वोच्चको न्यायाधीश हुनै नसक्ने भनी गुरागाईँले संसदीय समितिलाई निजको सिफारिस नगर्न सुझाएका छन् ।

उता ढुङ्गाना भने एमाले दलका गिरी थरका प्रमुख सचेतक र बर्तौला थरका सचेतकमार्फत ठूलै रकम चलखेल गरेको, परेको खण्डमा आफ्नो लागि ठूलो धनरासी खर्च गर्न व्यवसायीहरू अझै तयार भएको, लेखक र कार्की थरका काँग्रेस सांसदसँग पनि डिल भइसकेको र सर्वोच्च गएपछि उनीहरूको मुद्दामा आदेश फैसला गरी एकएक चुक्ता गर्नेगरी डिल पक्का भएकोले संसदीय सुनुवाइ समितिबाट आफ्नो सिफारिस हुनेमा ढुक्क भएको कुरा ढुङ्गानाले बताएको समितिमा रहेका एकजना एमाले सांसदले नाम नखुलाउने शर्तमा बताए ।

उच्चमा रिक्त ४८ सिटः
हाल धनराज र ईश्वर जापानको भ्रमणमा सँगै छन् । यो भ्रमण कागतालीमात्र नभई पूर्व नियोजित पनि हो । उच्चमा रिक्त ४८ जना न्यायाधीश र सर्वोच्चमा १ सिट खाली रहेको बेला परिषदका दुवै वरिष्ठ सदस्य एकैसाथ विदेश भ्रमणमा हुनु, फर्कनेवित्तिकै नियुक्ति हुने आश्वासन लाभग्राहीलाई दिनु पनि भागबन्डाको न्यायाधीश नियुक्तिको चलखेल भएको बताइन्छ । यसअघि भएका छुट्टाछुट्टै डिलमा ईश्वर र धनराजको स्वार्थ बाझिएपछि उनिहरूको संयुक्त भ्रमाण स्वयं विश्वम्भरकै पहलकदमीमा भएको थियो । यो कुरा मिलाउन काँग्रेसी पृष्ठभूमिबाट न्यायाधीश भएका प्रकाश राउतलाई पनि लमी बनाइ पठाइएको छ ।

दुवैलाई एकैठाउँमा राखी समन्वय गराइदिने जिम्मा पाएको छन् । राउत छिट्टै परिषदमा आउने भएकोले आफ्नो पालामा काममा सहज होस् भनी प्रधानन्यायधीशको बठ्याइँ यसमा झल्किएको सर्वोच्चकै एक न्यायाधीशले बताए । उच्चको डिल नेपाल, भारत, दुबई, चीन, अष्ट्रेलिया र अमेरिकामा यसअघि नै भइसकेको तर ईश्वर र धनराज बीचको भागबन्डा नमिल्दा जापानको मेलो मिलाएको सर्वोच्च अदालत स्रोतले बताएको छ ।

ShareTweetShare

सम्बन्धित खवर

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
अन्तर्राष्ट्रिय

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…
खेलकुद

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट
banner news

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !
आर्थिक

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…
banner news

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

4 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

4 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

4 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

4 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

4 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

4 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved