TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

के महिलाहरू रिसाहा हुँदै गएका हुन्?

के महिलाहरू रिसाहा हुँदै गएका हुन्?

विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले विश्वभरका महिला औसतमा पछिल्लो १० वर्षमा रिसाहा हुँदै गएको सङ्केत गरेको छ। यसको कारण के हुन सक्छ?

दुई वर्षअघि भान्सा कोठामा रहेका बेला ताशा रेनीले निकै चर्को आवाज निस्कने गरी चिच्याइन्। यसले उनी आफैलाई आश्चर्यचकित पार्‍यो । ‘रिसाउनु मेरा लागि सधैँ सहज भाव थियो,” उनले भनिन्। तर यस्तो अवस्था उनले विगतमा महसुस गरेकी थिइनन्। यो कोभिड महामारीको बीचमा भएको थियो। त्यसको २० मिनेट अघि आफूलाई क्रुद्ध पारेका कुराहरू सम्झँदै घरभित्रै उनी हिँडेकी थिइन्।

त्यसरी चिच्याएपछि उनले असाध्यै हलुका महसुस गरिन्। पेसाले हिप्नो थेरापिस्ट र लाइफ कोच ताशाले त्यसयता विश्वभरका महिलाहरूलाई जुममा जमा गर्दै उनीहरूलाई क्रुद्ध बनाउने कुराहरूबारे बोल्न लगाउने र चिच्याएर आफ्नो भाव प्रस्फुटन गर्न लगाउने गर्छिन्। बीबीसीले ग्यालप वर्ल्ड पोलको १० वर्षको तथ्याङ्क केलाउँदा महिलाहरू झन् झन् रिसाहा हुँदै गएको देखिन्छ।

उक्त सर्वेक्षणमा प्रत्येक वर्ष १५० देशका १२०,००० मानिसहरूलाई सोधिने प्रश्नमध्ये अघिल्लो दिन अधिकांश समय ती व्यक्तिले कस्तो भाव महसुस गरेका थिए भन्ने प्रश्न पनि पर्छ। खास गरी नराम्रो महसुस हुँदा महिलाहरूले — क्रोध, नैराश्य, तनाव अनि चिन्ता — जस्ता भाव पुरुषको तुलनामा निरन्तर रूपमा बढी महसुस गर्ने गरेको बताउने गरेका छन्।

सन् २०१२ यताको तथ्याङ्क केलाउँदा पुरुषको तुलनामा बढी सङ्ख्यामा महिलाहरूले निराश महसुस गर्ने गरेको देखिन्छ। महिला, पुरुष दुवैले गर्ने यस्तो अनुभूति उकालो लाग्ने क्रममै छ। तर क्रोध अनि तनाव महसुस हुनुमा पुरुषसँगको तुलनामा खाडल बढ्दो क्रममा छ। सन् २०१२मा दुवै लिङ्गका मानिसहरूले समान तहमा क्रोध अनि तनाव महसुस गर्ने गरेको देखिन्छ।

त्यसको ९ वर्ष पछिको समयसँग तुलना गर्दा महिलाहरू झन् झन् क्रुद्ध बन्दै गएको देखिन्छ। पुरुषहरूको तुलनामा उनीहरू ६ प्रतिशत बढी रिसाहा भएको देखिन्छ। बढी तनाव लिने कुरामा पनि महिलाहरू अघि परेको देखिन्छ। यस्तो तथ्याङ्कले अमेरिकास्थित एक जना थेरापिस्ट सारा हार्मनलाई आश्चर्यमा पार्दैन। सन् २०२१मा उनले आफूकहाँ आउने महिलाहरूलाई चौरमा जमा पारेर चिच्याउन लगाएकी थिइन्।

एक वर्षपछि फेरि उनी चौरमा पुगिन। ”यसपालिको चिच्याहट भाइरल भयो,” उनले भनिन्। आमाहरू रहेको एउटा अनलाइन समूहमा रहेकी एक जना पत्रकारले यसलाई प्रकाशमा ल्याइन् र त्यस लगत्तै उनलाई विश्वभरका पत्रकारहरूले सम्पर्क गर्न थाले। विश्वभर महिलाहरूले महसुस गरेको भाव आफूले समात्न सकेको साराको विश्वास छ। महामारीको बोझ असमान रूपमा आफूहरूमा परिरहेकाले उनीहरू तीव्र गतिमा निराश बनेको साराको बुझाइ छ।

इन्स्टिच्युट फर फिस्कल स्टडीजीले सन् २०२०मा इङ्गल्यान्डमा विषमलैंगिक सम्बन्धमा रहेका झन्डै ५,००० अभिभावकहरूको सर्वेक्षणमा बुवाको तुलनामा लकडाउनको समयमा आमाहरूले बढी घरेलु जिम्मेवारी लिने गरेको पाइएको थियो। जसका कारण उनीहरूले काम गर्ने समय घटाएका थिए। श्रीमान् भन्दा श्रीमतीले बढी आमदानी गर्नेहरूको हकमा समेत अवस्था उस्तै देखियो।

केही देशमा अघिल्लो दिन रिस महसुस गरेको बताउनेको महिला र पुरुषको सङ्ख्यामा देखिएको भिन्नता विश्वव्यापी औसतभन्दा धेरै छ। कम्बोडियामा सन् २०२१मा १७ प्रतिशतको फरक देखिएको थियो भने भारत र पाकिस्तानमा त्यस्तो भिन्नता १२ प्रतिशत थियो।

मनोचिकित्सक डा. लक्ष्मी विजयाकुमार यो बढी भन्दा बढी महिला शिक्षित, रोजगार अनि आर्थिक रूपमा आत्मनिर्भर भएसँगै उत्पन्न भएको तनावको नतिजा रहेको ठान्छिन्। “यसै समयमा उनीहरू पुरातन, पितृसत्तात्मक प्रणाली र संस्कृतिद्वारा बाँधिएका छन्,” उनी भन्छिन्।घरमा पितृसत्तात्मक व्यवस्था र घरबाहिर मुक्ति पाएकी महिलाबीचको असहमतिले धेरै क्रोध निम्त्याउँछ।”

भारतको चेन्नाई सहरमा व्यस्त समय रहने प्रत्येक शुक्रवार साँझ उनी यो पाटोलाई महसुस गर्छिन्।”तपाईँले पुरुषहरू आराम गर्दै चिया पसलमा गएर धूम्रपान गरिरहेको देख्नुहुन्छ। र तपाईँले महिलाहरूलाई बस वा रेल स्टेसनमा हतार गर्दै गरेको देख्नुहुन्छ। उनीहरू के पकाउने भनेर सोचिरहेका हुन्छन्। धेरै महिलाहरू घर फर्कने क्रममा रेलमै तरकारी केलाउन थाल्छन्।”

उनका अनुसार विगतमा महिलाहरूलाई रिस उठ्यो भन्नुलाई उचित मानिँदैनथ्यो तर त्यो बिस्तारै परिवर्तन हुँदै गएको छ। महामारीले महिलाहरूको काममा पारेको प्रभावले पनि उनीहरूको भावमा फरक पारेको हुनसक्छ। सन् २०२० अघि श्रममा महिलाहरूको सहभागितामा निकै ढिला प्रगति भएको देखिएको यूएन विमिनकी डेटा साइन्टिस्ट जीनेट अजकोना बताउँछिन्।

सन् २०२०मा त त्यो गति ठप्प नै भयो। यो वर्ष १६९ राष्ट्रमा काम गर्ने महिलाहरूको सङ्ख्या सन् २०१९ भन्दा कम हुने अनुमान गरिएको छ।

महिलाहरूको प्रगति?
बीबीसी १०० विमिनको १०औ वार्षिकोत्सवको अवसरमा बीबीसीले सभान्टा कमरेसलाई १५ देशका महिलाहरूलाई वर्तमान समयलाई १० वर्ष अघिको समयसँग तुलना गर्न आग्रह गरेको थियो। सर्वेक्षणमा सहभागी भएका प्रत्येक देशका आधा जस्तो महिलाले १० वर्ष अघिको तुलनामा आफूहरू आर्थिक निर्णय आफै लिन सक्षम भएको महसुस गरेको बताए

अमेरिका र पाकिस्तानबाहेक प्रत्येक देशका सर्वेक्षणमा सहभागी मध्ये कम्तीमा आधा जस्तो महिलाले प्रेम सम्बन्धमा रहेका व्यक्तिसँग सहमति बारे छलफल गर्न सहज भएको महसुस गरेको बताएका छन् । अधिकांश देशका कम्तीमा दुई तिहाइ महिला सहभागीहरूले सामाजिक सञ्जालले आफ्नो जीवनमा सकारात्मक प्रभाव पारेको बताए। अमेरिका र यूकेमा भने उक्त सङ्ख्या ५० प्रतिशत भन्दा कम थियो

१५ मध्ये १२ देशमा ४० प्रतिशत वा बढी महिलाले पछिल्लो १० वर्षमा सबैभन्दा बढी प्रगति आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रतामा देखिएको बताएका छन् । अमेरिकामा सर्वेक्षणमा सहभागी मध्ये ४६ प्रतिशत महिलाले १० वर्ष अघिको समय भन्दा हाल चिकित्सकीय रूपमा सुरक्षित गर्भपतनको पहुँच स्थापित गर्न कठिन भएको बताए

”हाम्रो श्रम बजार लिङ्गले विभाजन गरेको छ,” सन् २०१९मा ‘रेज बिकम्स हर’ नाम गरेको पुस्तकमा लेखक सोराया सीमेलीले लेखेकी छन्।

उनले स्याहार सुसार लगायत महिलाहरू बढी संलग्न रहने पेसामा महिलाहरूमा महामारीसँग जोडिएको रिस प्रस्फुटन भएको रूपमा हेरिकी छन्।अमेरिकामा महिलाहरूमा महामारीले निम्त्याएको बोझबारे निकै लेखिएको छ। तर ग्यालप वर्ल्ड पोलको नतिजाले त्यहाँ भने पुरुष भन्दा महिला रिसाहा नभएको सङ्केत गरेको छ।

”अमेरिकाका महिलाहरू रिस उठेको छ भन्न निकै लजाउँछन्,” त्यसकारण उनीहरूले रिसलाई तनाव वा निराशाका रूपमा व्याख्या गर्ने गरेको हुनसक्ने सीमेली बताउँछिन्। उनले भने जस्तै तनाव अनि निराशाको भावबारे बताउने अमेरिकी महिलाहरूको सङ्ख्या उल्लेख्य छ। अन्य ठाउँहरूमा पनि यस्तै अवस्था देखिन्छ।

आफू तनावमा रहने ब्रजिल, युरुग्वे, पेरू, साइप्रस अनि ग्रीसमा पुरुषहरूको तुलनामा बढी महिलाहरूले बताएका छन्। ब्रजिलमा प्रत्येक १० मध्ये ६ जना महिलाले अघिल्लो दिन अधिकांश समय तनावमा रहेको बताएका छन्। पुरुषहरूको यस्तो सङ्ख्या भने प्रत्येक १० जनामा ४ भन्दा केही कम छ।

बोलिभिया, पेरू अनि इक्वेडरमा पनि महिला पुरुषमा उत्पन्न हुने भावमा ठूलो भिन्नता देखिन्छ।बोलिभिया र इक्वेडरमा सर्वेक्षणमा सहभागी झन्डै आधा जस्तो महिलाले अघिल्लो दिन उनीहरू निराश रहेको बताए जुन पुरुषसँगको तुलनामा १५ प्रतिशत बढी हो।

यी देशहरूमा पुरुषभन्दा महिलाले नकारात्मक भाव आफूमा बढी पैदा हुने बताउने गरेको पनि कम्तीमा १० वर्ष भयो। र कैयौँ देशमा अवस्था झन् नराम्रो हुँदै गएको छ। तर अमेरिका अनि विश्वका जुन कुनै देशमा रहेका महिलाहरूले ”अब हुन्न” भन्न सक्ने अवस्थामा पुगेको ताशा रेनी ठान्छिन्।

डेटा जर्नालीजम: लियाना ब्राभो, क्रीस्टीन जिभ्यान्स र हेलेना रोसीएस्का
थप रिपोर्टिङ्ग: भ्यालेरीआ पेरास्सो र जोर्जिना पिएर्स

सर्वेक्षण विधिहरू
ग्यालपले वार्षिक रूपमा १५० भन्दा बढी देश र क्षेत्रका १२०,००० भन्दा बढी मानिसहरूमा र्‍यान्डमसर्वेक्षण गर्ने गर्छ जसले विश्वको ९८ प्रतिशत भन्दा बढी वयस्क जनसङ्ख्याको प्रतिनिधित्व गर्छ। उनीहरूसँग टेलिफोन वा प्रत्यक्ष अन्तर्वार्ता गरिन्छ।

त्यस्तै सभानता कमरेसले १८ वर्ष माथिका १५,७२३ महिलामा सर्वेक्षण गरेको छ जसमा इजिप्ट (१,०६७), नाइजीरिया (१,०१८), मेक्सिको (१,१०९), अमेरिका (१,०४२), ब्राजिल (१,००८), चीन (१,०२५), भारत (१,१०७), इन्डोनेसिया (१,०६१), पाकिस्तान (१,००६), साउदी अरब (१,०१२), रुस (१,०१०), टर्की (१,१६०), यूके (१,०६७) र युक्रेन (१,००९) सहभागी छन्। उनीहरूसँग अक्टोबर १७ देखि नोभेम्बर १६बीच सर्वेक्षण गरिएको थियो।

ShareTweetShare

सम्बन्धित खवर

मेडिसिटी अस्पतालले शुरु गर्यो ‘स्तन हेरचाह केन्द्र’
जीवन शैली

मेडिसिटी अस्पतालले शुरु गर्यो ‘स्तन हेरचाह केन्द्र’

मृत्युपछि खरानी भएर जाने अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री
जीवन शैली

मृत्युपछि खरानी भएर जाने अंग दान गर्न नहिचकिचाऔं: प्रधानमन्त्री

शल्यक्रिया गरिरहँदा चिकित्सकले बिरामीलाई मुक्का हानेपछि…
रोचक सँसार

शल्यक्रिया गरिरहँदा चिकित्सकले बिरामीलाई मुक्का हानेपछि…

मानिस नसुतेर कति दिन बाँच्न सक्छ ?
जीवन शैली

मानिस नसुतेर कति दिन बाँच्न सक्छ ?

‘आफ्नो लडाइँ जित्यौं, अरू समलिंगी जोडीका लागि लड्छौं’ – भिडियो सहित
जीवन शैली

‘आफ्नो लडाइँ जित्यौं, अरू समलिंगी जोडीका लागि लड्छौं’ – भिडियो सहित

कस्तो खालको पुरुषसँग सम्बन्ध गाँस्न मन पराउँछन् महिला ?
जीवन शैली

कस्तो खालको पुरुषसँग सम्बन्ध गाँस्न मन पराउँछन् महिला ?

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

कलिलै उमेरको प्रेम सम्बन्धको परिणाम: डष्टबिनभित्र मृत नवजात शिशु

4 months ago
कमाई र सुरक्षाकाे हिसावले अत्यन्तै राम्रो गन्तव्य रहेकाे इजरायल ६ वर्षपछि खुल्दै…

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झाैता

6 months ago
विमानस्थलको शौचालयको दराजमा सुन, तस्करसँग चाबी

ह्वात्तै घटेको सुनको मूल्य आज फेरि बढ्यो

6 months ago
जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

जन्ती फर्केपछि बेहुलीको घरमा नाचगान गर्न खोजे, सम्झाउन खोज्दा युवकको हत्या

1 year ago
मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

श्री पाथिभरा माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् यस्तो छ फागुन २८ गते सोमवारको राशिफल

1 year ago
मिति २०७७ चैत १२ गते बिहीबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

श्री पाथिभरा माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस्, यस्तो छ फागुन २४ गते बिहिवारको राशिफल

1 year ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved