श्रावण २९ गते, काठमाण्डौ । नेपाली लोक संगीतकि प्राध्यापक गायिका तथा लेखिका शोभा तिवारी लोहनी को आज एक समारोहमा ६८औँ जन्मजयन्ती मनाइयो। उक्त कार्यक्रम को उद्घाटन शोभा तिवारी लोहनीका छोरा तथा शोभा अर्जुन संगीत कोषका अध्यक्ष श्री आशिष तिवारीले दिप प्रज्वलन गरी गर्नुभयो ।
त्यस्तै कार्यक्रमको शुरुवातमा नेपाली लोक बाजा “टुङ्गना” बजाएर Folk Tunes Nepal का गायक उपेन्द्र शाही – निषाद र ताल वादक सुजन गोपाली ले साथ दिएर कार्यक्रम को शुभारम्भ गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कोषका सदस्य ऋचा श्रेष्ठ तिवारीले नेपाली लोक बाजा संग्रहालय लाई सहकार्यको लागि धन्यवाद दिँदै भविष्यमा पनि अझै यस्ता कार्यक्रमहरु लाई निरन्तरता दिने र नेपाली लोक संगीतको प्रवर्द्धन गर्ने योजना रहेको बताउनु भयो।
कार्यक्रममा नव गायिका तथा ललितकला क्याम्पस को वि. एफ. ए. दोश्रो वर्षमा अध्ययनरत जलजला परियारलाई कोष को तर्फबाट रु. १००००/- नगद राशी सहित छात्रवृत्ति प्रदान गरियो। त्यसै गरी सम्मानित व्यक्तितव जलजला परियारले लोक गीत कौडा पनि गाएर सुनाउनु भयो भने उहाँले आफ्नो जीवन भए सम्म आफू लोक संगीतमा नै लाग्ने प्रण गर्नु भयो।
कार्यक्रम मा Folk Tunes Nepal का गायक उपेन्द्र शाही- निषाद तथा ताल वादक सुजन गोपाली लाई कोषको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो र गायक उपेन्द्र शाही- निषाद ले शोभा तिवारी लोहनी लिखित पुस्तकका गीत हरुको चर्चा गर्नु भयो र उक्त पुस्तक उहाँहरुलाई पाठ्यक्रम अनुरूप पढ्नमा सहजता प्रदायक भएको बताउनु भयो।
कार्यक्रम लाई समापन गर्दै नेपाली लोक बाजा संग्रहालय का अध्यक्ष श्री राम प्रसाद कँडेलले यस कोषले अझै वृहत कार्यक्रमहरु गर्नु पर्ने बताउनु भयो भने स्व. शोभा तिवारी लोहनी ले नेपाली लोक संगीत मा दिनु भएको योगदान को पनि चर्चा गर्नु भयो ।
कार्यक्रममा Folk Tunes Nepal का गायक उपेन्द्र शाही – निषाद तथा ताल वादक सुजन गोपाली, शोभा अर्जुन संगीत कोष का अध्यक्ष श्री आशिष तिवारी ( शोभा तिवारीका सुपुत्र), सम्मानित व्यक्तित्व जलजला परियार तथा उनकी आमा जुना परियार, नेपाली लोक बाजा संग्रहालय का अध्यक्ष श्री राम प्रसाद कँडेल, स्व. शोभा तिवारीका छोरीहरू स्मृति शर्मा तिवारी र ऋचा श्रेष्ठ तिवारी तथा ज्वाइँ प्रेम कुमार श्रेष्ठ र नेपाली लोक बाजा संग्रहालय का सदस्य विजय परियार को उपस्थिति थियो।
कार्यक्रम को आयोजन शोभा अर्जुन संगीत कोष ले गरेको हो भने नेपाली लोक बाजा संग्रहालय सहा आयोजकको रूपमा रहेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस् !