धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी )का अध्यक्ष माधवकुमार नेपालले कोशीमा एमालेसहितको सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।
नेपालले केन्द्रीय गठबन्धनअनुसार सरकार बनोस् भन्ने चाहाना भए पनि जटिल परिस्थितिका कारण सहमतिकै सरकार बनाउनुपर्नेमा बताएका हुन् । ‘माथि गठबन्धन सरकार छ कोशीमा पनि त्यही अनुसार होस् ।
सहमतिकै सरकार बनाउ आलोपालो गरेर एमाले माइनस गर्ने होइन,’ समाजवादी प्रेस संगठनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलन उनले भने, ‘त्यहाँ जटिलता छ । बहुमत पुर्याउन सकिने अवस्था छैन । सामान्य अवस्था होइन सहमतिकै सरकार बनाऔं ।’
उनले मध्यावधिमा जान नहुने पनि बताए । कोशी प्रदेश सरकारको विषय जटिलता खडा भएका बेला केन्द्रीय गठबन्धनभित्र आन्तरिक द्वन्द्वले समस्या देखिए पनि त्यस्तो जटिलता हुने लक्षण भने नभएको उनले दाबी गरे । कांग्रेसले आफ्नो समस्या आफैं हल गर्छ भन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
कोशीमा कुनै पनि राजनीतिक दलबाट मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेपछि अहिले संविधानको धारा १६८ को (५) अनुसार सरकार गठन प्रक्रियामा छ । यसअनुसार बहुमति पुर्याउन सक्ने प्रदेश सभा सदस्य मुख्यमन्त्री चयन हुनेछन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !