अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा सहभागी नेपाली मूलकी परिजिता बास्तोला अगाडि बढ्न सकून् भन्दै धमाधम शुभकामना सन्देशहरू निरन्तर प्राप्त भइरहेका छन् ।
यसै सिलसिलामा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाह र परिजिता बास्तोलाबीच कुराकानी भएको छ । बालेन स्वयम् कलाकार भएको नाताले यसैको सेरोफेरोमा कुराकानी भएको छ भने उनले जितका लागि शुभकामना दिएका छन् ।
बालेनले परिजितालाई प्रोत्साहन गर्नुको साथै विजयको नजिक रहेको समेत उल्लेख गरे । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नाममै जीतको कामना भएको बताउँदै सामाजिक सञ्जालमा शुभकामना दिएका छन् ।
यसै गरी चर्चित गायक दीपक बज्राचार्य लगायत थुप्रै शुभकामना सन्देश दिनुको साथै शुभकामना सन्देश आउने क्रम जारी छ । साथै वरिष्ठ लोक गायक प्रेम राजा महतले पनि शुभकामना दिइसकेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !