भूषिता वशिष्ठ छन्द कवितामा एक चर्चित नाम हो ।
ब्राह्मण परिवारमा जन्मिएकी भूषिताको विहानी हरेक दिन हजुरबुवाले पढ्ने पाठसँगै सुरु हुन्थ्यो । घरमा आमाले हरेक कुरा कविताको लयमा गर्ने भएकै कारण कवितासँग भूषिताको लगाव गहिरो रहन गयो । पुराना कालजयी कविता, र अहिलेका साहित्यमा रमाइरहेकी उनले अङ्ग्रेजी भाषामा कविता रचना गरिसकेकी छिन् ।
आमा–बुवाको डाक्टर बनोस् भन्ने सपनालाई अपूरो पार्दै उनले साहित्यतर्फ बाटो मोडिन् । शब्दसँग गहिरो नाता भएकी लेखिका भूषिता वशिष्ठ अहिले नेपालयमा किताब सम्पादकको रुपमा शब्दहरुसँगै खेलिरहेकी छन् ।
साहित्यको लागाबबारे यसो भन्छिन् –
म ब्राह्मण परिवारमा जन्मिएका कारण सानैदेखि हजुरबुवाले हरेक विहान पढ्ने पाठ सुन्दै हुुर्किएँ । तर उमेर बढेसँगै मेरो झुकाव अङ्ग्रेजी साहित्यतर्फ बढ्न थाल्यो । मैले अङ्ग्रेजी साहित्यमै स्नातकोत्तर पनि गरें । र, लेख्न पनि थालेँ । तर स्नातकोत्तर गरिरहँदै मलाई म जे छु त्यो नबनी अरु केही बन्न खोजिरहेको छु जस्तो महसुस हुन थाल्यो । किनभने अङ्ग्रेजी त हाम्रो मातृभाषा होइन । सिकेपछि बल्ल जानिने हो ।
मेरो जरा नेपाली साहित्यमा गाडिएको छ । यही कारण मैले स्वयम्लाई बुझ्ने हो भने नेपाली भाषा बुझ्नुपर्छ । यसको संस्कृति, इतिहास नबुझी आफ्नो परिचय पाउन सक्दिनँ भनेर म फेरि नेपाली साहित्यमै फर्किएकी हुँ । भिडियोको सात मिनेट पछि हेडलाइनमा भएको बिषयमा बोलेकिछिन् ।
भिडियो हेर्नुहाेस्ः
आफ्नो प्रतिक्रिया दिनुहोस् !