यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।
आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताएका छन् ।
यस्तो छ नेपाल प्रहरीले उपलब्ध गराएको यात्रुहरुको सूची :
प्रधानमन्त्री दाहाल विमानस्थलमा
काठमाडौ । पोखरामा भएको विमान दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री विमानस्थलको कन्ट्रोल रुममा पुग्नुभएको छ ।
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज आज पोखरास्थित सेती नदी खोँचमा खसेको घटनाप्रति प्रधानमन्त्रीले दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा परेकाहरुलाई चाँडो भन्दा चाँडो उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका दिनुभएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !