काठमाडौं । रुसी नागरिक इलिना बान्डुरोले नेपाल आउँदै गर्दा नेपाल जाउँ भन्दै इन्स्टाग्राममा स्टोरी राखेकी थिइन्। उनी शनिबार मात्र नेपाल आइपुगेकी थिइन् । नेपाल आएपछि पोखरा जाँदै गरेकी उनले इन्स्टाग्राम स्टोरीमा माछापुच्छ्रेको फोटोसँग आफ्नो फोटो राख्दै ‘गो टु नेपाल’ लेखेकी थिइन् ।
दुर्घटनामा परेर १५ जना विदेशी नगारिकको मृत्यु भएको छ । जसमा चार जना रुसी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना भारतीय नागरिक, २ जना दक्षिण कोरियाली नागरिक, एक जना आयरल्याण्डका नागरिक, एक जना फ्रान्सेली नागरिक र एक जना अष्ट्रेलियन र एक जना अर्जेन्टिनी नागरिक रहेका छन् ।
‘घर नै थर्काउनेगरी आएको जहाज खोँचमा गएर पड्कियो’
आइतवार दिउँसोसम्म पोखराको घारीपाटनबाट धुवाँको बाक्लो कालो मुस्लो उडिरहेको देखिन्थ्यो। तर केही डढेको नमिठो गन्ध अझै बाँकी छ। घारीपाटनस्थित एउटा घरको कम्पाउन्डभित्रै विमानको झ्यालका टुक्रा, चिया खाने कप र डढेका केही सामानहरू उछिट्टिएर आइपुगे। त्यसपछि कमला गुरुङका छोराछोरी आत्तिएर घरभित्र पसे।
“उनीहरू निकै डराएका छन्। मेरो पनि मन आत्तिएको छ। आँखैअगाडि प्लेन जलेको देखेँ,” ४३ वर्षीया गुरुङले बीबीसीसँग सुनाइन्। उनलाई समय ठ्याक्कै याद छैन, तर बिहान पौने ११ बजेसम्म सबैकुरा सामान्य थियो। सधैँजस्तो उनी घरको छतमा आफ्ना छोराछोरीसँग घाम तापेर बसेकी थिइन्। उनको घरबाट प्राय सधैँ विमानको आवाज चर्को सुनिन्छ।
तर आइतवार बिहान विमानको आवाज निकै अस्वाभाविक सुनिएको कारण आफूले आकाशतिर हेरेको उनले बताइन्।
आफ्नो प्रतिक्रिया दिनुहोस् !