काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको अश्लिल गालीले भरिएको अडियो–भिडियोको सत्यतथ्य जाँच गर्ने भएको छ । मन्त्री आलेले भारतमा बस्ने एक व्यक्तिलाई आफ्नो बारेमा नेगेटिभ कमेन्ट भन्दै टेलिफोनमा अश्लिल गाली गरेको अडियो–भिडियो सार्वजनिक भएको थियो ।
अडियो– भिडियोमा मन्त्री आलेले एक व्यक्तिलाई अश्लिल गाली मात्र होइन अपहण गर्ने धम्की समेत दिएका थिए । अडियो–भिडियोको सत्यतथ्य बुझेपछि उनीमाथि कस्तो एक्सन लिने भन्ने पार्टीले निर्णय गर्ने नेकपा समाजवादी पार्टीका एक नेताले बताए। आले एकीकृत समाजवादी पार्टीको तर्फबाट मन्त्री बनेका हुन् ।
मलाइकाले अर्जुनसंग के गरिन् त्यस्तो ?
एजेन्सी । बलिउडको ट्रेन्डिङ जोडी मलाइका अरोरा र अर्जुन कपूरका सामाजिक सञ्जालका तस्बिरहरू पीडीएदेखि लभ ब्यानरसम्म धेरै चर्चाका छन् । भ्यालेन्टाइन डेको अवसरमा यो जोडीले रोमान्टिक तस्बिर सेयर गरेर एकअर्काप्रतिको प्रेम व्यक्त गरेका छन् । तर अहिले मलाइकाले यो भ्यालेन्टाइन पोस्टका लागि पछुतो मानेकी छन् ।
तपाईले सोचिरहनु भएको होला मलाइकालाई पछुतो लाग्यो ? अर्जुन कपुरले मलाइकासँगको तस्बिर पहिला सेयर गर्न लागेका थिए । तर मलाईकाले उछिन्दै पहिला तस्बिर शेयर गरिन् । मलाइकाले सेयर गरेको फोटोमा अर्जुनले उनलाई अँगालेका छन् । उनले मलाइकाको निधारमा चुम्मन गरेका थिए । एकअर्काको प्रेममा हराएको जोडीको यो तस्बिर निकै सुन्दर थियो । यसको क्याप्सन पनि मलाइकाले निकै सुन्दर ढंगले लेखेकी छिन् । मलाइकाले मेरो साथ हार्ट इमोजी बनाएर क्याप्सन पूरा गरिन्।
तर भ्यालेन्टाइन पछि यो तस्बिर पछाडिको कथा बाहिर आयो।इन्स्टा स्टोरीमा मलाइकाको यो पोस्ट सेयर गर्दै अर्जुन कपूरले लेखेका छन्– ‘कसरी मैले तिमीलाई तस्विर पठाएँ र तिमीले त्यसमा मलाई उछिनेर पहिले पोस्ट गर्यौ । अर्जुन कपुरको यो इन्स्टा स्टोरी मलाइकाले आफ्नो प्रोफाइलमा पुन सेयर गरिन् र पछुतो मानिन् ।
अर्जुन कपुरले मलाइकासँगको आफ्नो रोमान्टिक भ्यालेन्टाइन डेटको तस्विर पनि इन्स्टामा सेयर गरेका छन् । यो जोडीलाई यसरी सँगै रमाइलो गरेको देखेर उनका फ्यानहरु निकै खुसी भएका छन् । मलाइका र अर्जुनले सुरुमा लामो समयसम्म आफ्नो सम्बन्ध गोप्य राखेका थिए । पछि जब सम्बन्ध सार्वजनिक भयो । त्यसबेलादेखि, दुबै लेवी डेवी फोटोहरू मार्फत एकअर्काको लागि आफ्नो प्रेम व्यक्त गरिरहेका छन् । फ्यानहरु दुबैको बिहेको प्रतिक्षामा छन्, जसको बारेमा बारम्बार खबरहरु आउने गर्दछन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !