काठमाडौं । पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपालसहितका नेताहरू पार्टी मुख्यालय धुम्बाराहीमा छलफलमा जुटेका छन् । उनीहरूबीच सोमबार बिहान करिब साढे ११ बजेबाट छलफल सुरु भएको थियो ।
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल-माधवकुमार नेपाल समूहबीच सम्वाद सुरु अहिले गरिरहेको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष नेताहरुबीच भएको वार्तामा दुबै पक्षले आ आफ्नो धारणा राखेका छन् ।
यस छलफलमा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको पहिलो वार्ता सकिएको छ ।
वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ । बैठकबाट बाहिरिएका नेपाल पक्षका नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको बताए। आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको बताए ।
‘अदालतले हामी सबैलाई एकै ठाउँमा ल्याइदिएको सन्दर्भमा एमालेलाई एकताबद्ध, सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा बैठकमा छलफल भयो’, पन्तले पत्रकारसँग भने ।
उनले गत फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेका निर्णय आफूहरूले नमान्ने जानकारी बैठकमा गराइएको बताए। ‘वार्ता सौहार्यदपूर्ण भयो। सकरात्मक भयो। एकअर्काका कुरा सुन्ने, बुझ्ने काम भयो,’ पत्रकारहरूसँग उनले भने, ‘हामीले आफ्ना अडान राख्यौं।’ अध्यक्ष ओलीले सकारात्मक रूपमा वार्ता अगाडि बढाउने आफूहरूको अपेक्षा रहेको पनि पन्तले जानकारी दिए।
नेताहरु बाहिरिदै गर्दा यो बार्ताले केहि हद सम्म खुसि दिएको उनीहरुको हाउभाउ बाट प्रस्टै बुज्न सकिन्थ्यो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !