९ वर्षको उमेरमा भारतमा बेचिएकी एक चेली ४० वर्षको उमेरमा अहिले नेपाल फर्केकी छन् । उनलाई माइती नेपालको सहयोगमा भारतमा बेचिएको बताइएको छ । उनी अहिले राम्रोसंग नेपाली बोल्न पनि जान्दिनन् । तपाईको नाम के हो ? भनेर हिन्दीमा सोध्दा राममाया हो भनेर बताउँछिन् । पिप्लेगाउँमा आफ्नो घर बताउने उनी मात्र ८ वर्ष उमेर पुरा गरेपछि मुम्बइमा बेचेको बताएकी छन् ।
जसले आफुलाई बेच्न लगेको थियो म तपाईलाई राम्रो काम दिलाईदिन्छु (सिलाई बुनाई सिकाइदिन्छु र पैसा दिलाइदिन्छु) भनेर लगेको उनको भनाई छ । फुपुको छोरीलाई पनि त्यसैगरी आफुसंगै लगेको महिलाको भनाई छ । मुम्बईमा बेचिएकी चेली अहिले पाकिस्तानवाट नेपाल फर्केकी हुन् । मुम्बईमा एक जना पाकिस्तानीले फेला परे ।
उनले म तलाई विवाह गर्छु अनि तँलाई नेपालमा आफन्तहरुकोमा लगिदिन्छु भनेर लिएर गएको बताएकी छन् । त्यो मान्छे धनि थियो । तर ति महिलाले मानिनन् । तर मुम्बईमा जसले उनलाई किनेको थियो । उसले धेरै पैसा पाएपछि भने त्यो पाकिस्तानीलाई नेपाली चेली बेचिदिए । यसरी उनी पाकिस्तान पुगेकी थिइन् ।
नेपालमा विपन्न युवती र महिलाहरुलाई पैसा कमाउने र राम्रो जिवन चलाउन सकिने भनेर दलालहरुले भारतमा लैजाने गरेका छन् । यस्तै प्रलोभनमा परेर उनी मुम्बई पुगेकी थिइन् । उनीसंगै फुपुकी छोरीलाई पनि लगिएको थियो । फुपुको छोरी उनी भन्दा ठुलो उमेरकी थिइन् ।
भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !