असार ३१, धरान : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रचारात्मक अभियान लिएर धरान पुगेका छन् । झापाको काकडभिट्टाबाट थालेको अभियान लिएर अघि
बढ्ने क्रममा रबि धरान पुगेका हुन् । सोहि क्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसंग रविले भेटवार्ता गरेका हुन्। शुक्रबार लामिछाने साम्पाङलाई भेट गर्न उनकै कार्यालय पुगेका छन् ।
हर्क साम्पाङ र आफूहरुबीच भेट भएको बारे लामिछानेले आफै जानकारी दिएका छन् । भेटमा लामिछानेले हर्कलाई शुभकामना दिएको बताएका हुन् । भेटमा लामिछानेले हर्कलाई भने – ‘तपाइँलाई भेटेरै शुभकामना दिन आएको।
खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो। समय अभावले सकिएन । जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ’
गएको स्थानीय तहको निर्वाचनमा हर्कले धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट ठुला दललाई पराजित गर्दै निर्वाचित भएका थिए । लामिछानेले पनि केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । उनी आउँदो निर्वाचनमा काठमाडौंबाट लड्ने तयारी गरेका छन् ।
लामिछाने चुनाव चिह्न घण्टी बोकेर अहिले पार्टी निर्माण अभियानमा छन् । झापाको काकडभिट्टाबाट थालेको अभियान लिएर रवि धरान पुगेका हुन्।
उनले धरानस्थित सिद्धि नेवा परिषदको भवनमा कार्यक्रम राखेका छन्। गएको स्थानीय तहको निर्वाचनमा हर्कले धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट ठुला दललाई पराजित गर्दै निर्वाचित भएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !