काठमाण्डौँ । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसिरहेका छन् । भदौ २७ मा पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको एक प्रहरी अधिकारीले बताए ।
‘अभियन्ता’भन्दै युट्युवमा अन्तवार्ता दिँदै हिँड्ने गौतमलाई प्रहरीले अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा बानेश्वरबाट पक्रेको थियो । प्रहरीले उनलाई सार्वजनिक हित विरुद्ध कसुर गरेको मुद्दामा हिरासतमा राखेको हो । गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले लुकाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले अनशन बसेको थाहा नभएको दावी गरे । २०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु रुद्रप्रसाद गौतमको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य प्रसाद गौतम । खेतको काम, दाउरा, घाँस, मेलापात गर्दै सामान्य मान्छेसरह बाल्यकाल बिताएका उनी गाउँका सुखदुःखको भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन् ।
सानै उमेरदेखि पढ्न मन गर्ने स्वभावका गौतम पढाइमा सधैँ प्रथम हुन्थे । पढ्न जान्ने भएकाले उनलाई प्रायः सबैले चिन्थे । स्कुलमा हुने विविध कार्यक्रम, हाजिरी जवाफ कविता वाचनलगायतका कार्यक्रममा उनी सधैँ भाग लिन्थे र स्थान पनि हात पार्थे । त्यस्तै भाषण गर्ने काममा उनी सधैँ अरुको रोजाइमा पर्ने गरेको सुनाउँछन् । भाषण देख्नेले त उनलाई नेताकै पगरी गुथाइदिन्थे ।
त्यही भएर होला उनलाई आफ्नो जन्म नै राजनीतिका लागि भएजस्तो लाग्छ । गौतमको राजनीतिक जीवन २०४५ सालबाट अनेरास्ववियुको स्कुल इकाइ कमिटीमा आबद्ध भएर काम गर्नथालेपछि सुरु भएको हो । राम्रो र कडा स्वभावका उनले सानो छँदै कार्यक्रम उद्घोषण गर्ने, राम्रो भाषण गर्ने कला सिकिसकेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !