काठमाडौ । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरामा एक किशोरी आफ्नै कोठामा मृ’त फेला परेकी छन् । कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा २१ वर्षीया करिश्मा चौधरी मृ’त भेटिएकी हुन् ।
खैरा घर भएकी किशोरी लहानको एक फेन्सी पसलमा काम गर्दै आएकी थिइन् । उनी लहानमा डेरा गरेर बस्दै आएको चौधरीको परिवारले जनाएको छ ।दिउँसोबाट साँझसम्मै कोठामा सुति रहेको भन्दै घरबेटीले उठाउन खोज्दा मृ’त फेला पारेको मृत’क किशोरीका मामाका छोरा राजेश चौधरीले बताए ।
परिवारले घ’टना रहस्यमय रहेको जनाएको छ । मृ’तको घाँ’टीमा डो’रीको डाम, र्याल, र’गत, टाउकोमा चो’ट’ र बाहिरबाट चुक्कुल लगाएरकाले घटना रहस्यमय रहेको परिवारको भनाइ छ ।
शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घ’ट’नाबारे अनुसन्धान थालिएको लाहन प्र’ह’रीले जनाएको छ । न्यूज कारखाना
आफ्नो प्रतिक्रिया दिनुहोस् !