काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको छ ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा पर्ने भएको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ हुने भएको नेपाल आयाल निगमले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !