काठमाडौं । सरकारले आज (सोमबार) का दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा घोषणा गरेको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको यति एयरलाइन्सको विमान दुर्घटनापछि सरकारले आज मुलुकभर शोक विदा दिने निर्णय गरेको हाे । सरकारले आजका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिएकाे छ ।
गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको हो ।
आइतबार बिहान १०:३२ बजे काठमाडौंबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने भएकाे छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !