काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री बन्नेहरुका सन्दर्भमा निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेले पाएका छन् ।
रास्वपाको सोमबार बसेको संसदीय दलको भर्चुअल बैठकले विज्ञता हेरेर मन्त्री छान्ने अधिकार सभापति लामिछानेलाई दिएको हो ।
‘पार्टीका तर्फबाट सत्ता साझेदार दलहरुसँग छलफल गर्ने पनि सभापति नै हो । यसकारण पनि उहाँलाई मन्त्री छान्ने अधिकार दिइएको हो’ रास्वपाका केन्द्रीय सदस्य सोबिता गौतमले जानकारी दिइन् । लामिछाने उपप्रधानसहित गृहमन्त्री छन् ।
स्वयम् सोबिताले आफू पनि मन्त्रीको आकांक्षी रहेको बताइन् । ‘कानुन मन्त्रालय हुँदा काम गर्न सकिन्छ । अन्य मन्त्रालयमा जाने चाहना छैन। त्यसो हुँदा उपसभामुखमा रुची रहेको कुरा राखेको छु’ गौतमले भनिन् ।
रास्वपाले जम्मा ३ वटा मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !