काठमाडौं । अनौपचारीक रुपमा नेकपा एमाले पनि विभाजन भएपछि पार्टी एकता अभियानमा लागेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो अभियानको नाम पनि परिवर्तन गरेका छन् । उनले अब एमाले एकता अभियान सुरु गर्ने भएका छन् । मंगलवार गरिएको औपचारीक कार्यक्रमा उनले औपचारीक रुपमा नै अभियानको नाम फेरेका हुन् ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग गरेपछि गौतमले अभियानको नाम पनि फेरेका हुन् । गौतमले आफ्नो अभियानको नाम नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान बनाएका छन् । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान बनाएका थिए ।
अदालतको फैसलासँग उनको अभियानको नाम पनि एमाले बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेपछि नेकपा विभाजित भएको थियो । विभाजित नेकपाको कतै पनि नलागेका गौतमले पार्टी एकता गराएरै छोड्ने उद्घोष सहित छुट्टै अभियान शुरु गरेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !