लेखक तथा आफूलाई नागरिक अगुवा दावी गर्ने खगेन्द्र संग्रौलाले गृहमन्त्री रामबहादुर थापा बादलमाथि गम्भीर आरोप लगाएका छन् । यसअघि राप्रपा अध्यक्ष कमल थापालाई समेत बाँदर, मण्डले भनेका संग्रौलाले बादलमाथि यस्तो गम्भीर आरोप लगाएका हुन् ।
उनले निर्मला पन्तको ह त्यामा गृहमन्त्री राम बहादुर थापा बादलको संलग्नता रहेको आरोप लगाएका छन् । संग्रौलाले फेसबुकमार्फत थापामाथि आरोप लगाएका हुन् ।
कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको ब ला त्का र पछिको ह त्या को घटनामा गृहमन्त्री थापाकै संलग्नता रहेको संग्रौलाले ठोकुवा गरेका छन्। उनले निर्मला घटनामा संलग्नता भएकै कारण थापा निरीह बनेका बताए ।
निर्मला घटनामा संलग्न भएकै कारण गृहमन्त्री थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले ब्ल्याक मेलिङ गरिरहेको पनि संग्रौलाको आरोप छ । आफ्नो सत्ता स्वार्थका लागि ओलीले सोही विषयमा बादललाई ब्ल्याक मेलिङ गरिरहेका उनको आरोप छ ।
यसअघि उनले राप्रपा अध्यक्ष कमल थापालाई समेत बाँदर भनेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !