काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओलीको का’र बा ही भोग्न आफूहरु तयार रहेको बताएका छन् । बुधवार शुरू हुने माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले इतिहासले ओलीलाई नि’र्म म का’र बाही गर्ने चे’ता व नी समेत दिए ।
चैत ४ र ५ गतेका लागि आयोजना गरिएको राष्ट्रिय भेलाबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीलाई भेला उनको पनि भएको भन्दै त्यसमा सहभागी भएर प्रमुख आतिथ्यता जनाउन आग्रह गरेका छन् ।
भट्टराईले भने, ‘आज उहाँले बालुवाटारबाट हामीलाई का र बाही को ध’म्की दिनुभएछ । हामी एकपछि अर्को का’र बाही भो’ग्न लामबद्ध भएका छौं । इतिहासले तपाईंलाई पनि क’ठो र का’रबा ही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् । त्यसैले ध’म्कीको भाषा नाबोलौं, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदका ग’न्ध न’फै लाउनुस् ।’
‘ओलीजीले आफ्ना अनुयायीलाई भन्नुभएको रहेछ। हाम्रो कार्यक्रमको नजर लगाउनू भनेर, परिचयसहित आए हुन्छ स्वागत छ। यो भेला पनि तपfईंकै हो। बरू तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुहोस् कसैलाई ख’टाउनुनै पर्दैन। आफैं आउनुहोस्।’
पत्रकार सम्मेलनमा भट्टराईले सम्पूर्ण तयारी पुरा भएको भन्दै भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्दै पारित गरिने जानकारी दिए ।
उनले आफ्नो पक्ष एमाले एकताकै पक्षमा रहेको र त्यसको पुष्टि गर्न भेला बोलाइएको बताए । ‘पार्टीको विधानमा यस्ता भेला गर्ने, नेता कार्यकर्ताको भावना बुझ्ने र त्यसअनुसार विचारलाई एकरुपता दिने व्यवस्था गरिको छ’, पाण्डेको भनाइ छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !